नेपाल अखबार, काठमाडौं । नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने बहस विगतदेखि उठिरहेका बेला संसदीय समितिबाट पास भएको बिधेयकले यसबारे ढोका खोलेको छ । हालै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संसोधन विधेयकमा आमाको नामबाट नागरिकता प्राप्ति सम्बन्धि विशेष व्यवस्था गरिएको छ । यो विधेयक प्रतिनिधिसभामा बुझाईको छ र संसदमा छलफलपछि पारित हुँदैछ ।
नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७७ को रुपमा आउन लागेको विधेयकमा मूल ऐनको दफा ८ संशोधन गर्दै सो को उपदफा १ को क (२) मा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजको आमाले गरेको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । यसबाट बावुको पहिचान नभएकाले आमाको नामबाट नागरिकता पाउन सक्नेछन् ।
Nepal Akhabar > Blog > राजनीति > अब आमाको नामबाट पनि नागरिकता