Wednesday, May 13

सुर्य दर्शन वचत सहकारी ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ

नेपालअखबार, पाेखरा । सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लि. ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी गर्ने  अनुज नकर्मीलाई  प्रहरीले पक्राउ गरेकाे छ ।

नकर्मी जिल्ला पर्सा विरजंग महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पुर्व सचिव वर्ष ४८ का अनुज नकर्मीलाई गत श्रवाण   ३२ गते
काठमाण्डौ दक्षिणकाली स्थितबाट पक्राउ गरिएकाे थियाे । आज   सम्मानित कास्की जिल्ला अदालत पोखरामा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको  जिल्ला  प्रहरी  कार्यलय कास्किले जनाएकाे छ।

Advertisement