Wednesday, April 22

जनकपुरधामका वडाध्यक्षसहित तीन जना घुससहित पक्राउ

नेपालअखबार,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष, वडा सचिव र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।

Advertisement

आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए।

उनका अनुसार वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेका थिए।रंगेहात पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख कुरुम्वाङले बताए।