Tuesday, August 11

क्षयरोगले राउटे समुदायका वृषबहादुरको मृत्यु

नेपालअखबार, काठमाडौं । राउटे समुदायका २२ वर्षीय युवक वृषबहादुर शाहीको मृत्यु भएको छ।

Advertisement

६ महिना अघिदेखि बिरामी शाहीको बुधबार साँझ मृत्यु भएको हो।

Advertisement
Advertisement

भदौ ३१ गते उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएको थियो। अस्पतालमा जाँच गराउँदा क्षयरोग देखिएको थियो।

Advertisement

वृषबहादुरको कलेजो, मुटुमा पनि बढी क्षति देखिएकोले अस्पतालले उपचार सम्भव नभएको भनेर डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि बसोबास भएको स्थानमा लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको गैरसरकारी संस्था सोसेकको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए।

‘अस्पतालले नै उपचार हुन सक्दैन भनेको थियो, डिस्चार्ज गरेर घर फर्काउँदा राति ९ बजेतिर मृत्यु भएको हो,’ उनले भने।

उनका अनुसार सुरूमा राउटे समुदायले नै वृषबहादुरलाई उपचार गर्न अस्पताल लैजान मानेका थिएनन्। यो समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्दछ। धेरै दिनसम्म समुदायलाई सम्झाइबुझाई गरेपछि मात्र अस्पताल लगिएको खत्रीले बताए।

वृषबहादुर राउटे समुदायभित्रको कल्याल समूहका मुखिया विरबहादुरका साइँला सन्तान हुन्। यो समुदायमा कल्याल, रास्कोटी र शोवंशी समूह छन्।

घुमन्ते जीवन बिताउने राउटे समुदाय हाल दैलेखको गुराँस गाउँपालिका–१ स्थित सिमेसाल भन्ने ठाउँमा बस्छन्

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसंख्या १३४ मा झरेको छ।