Wednesday, April 29

अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने

नेपालअखबार, काठमाडौं । मंगलबार अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन्।

मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन्।

Advertisement

उनकाअनुसार सोमबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो।

‘नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ। हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ,’ उनले भने।

गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो। उक्त प्रणालीले देशका २५ स्थानमा यसअघिको वर्षाको रेकड ब्रेक गरेको थियो।

बाहिरिने बेलामा मनसुन पुनः सक्रिय हुने भएको छ। नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन १० अर्थात् जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो।