Monday, June 1

बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा

नेपालअखबार,रौतहट । रौतहटको सदरमुकाम गौरस्थित खेतमा बेवारिसे अवस्थामा फेला परेकी नवजात शिशुलाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते रातिदेखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको बालिकालाई सोमवार यमुनामाइ गाउँपालिका–१ जेठरहिया निवासी  रघुनाथ सहनी र उनको श्रीमती अनिता सहनीले जिम्मा लिएका हुन्।

जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रक्रिया पूरा गरी बालिकालाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवरले बताए। गत कार्तिक १४ गते राति जन्मिएको उक्त नवजात शिशुलाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो।

Advertisement

गत कार्तिक १५ गते बिहान बच्चा रोइरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्‍याएको थियो।

केही घण्टा खेतमा रहेकी शिशुको हातको औँलाहरूमा कमिलाले टोकेर घाउ खत बनाएको थियो। प्रादेशिक अस्पतालमा उपचारपछि सुरक्षित पालनपोषण भइरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पताल विकास समितिका अध्यक्ष अनवरले जानकारी दिए।

FB_IMG_1732596014142FB_IMG_1732596005455