Monday, April 20

बेलायती राजकुमार दम्पतीले भेटे राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement