Saturday, July 4

आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

Advertisement

अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो।

Advertisement
Advertisement

शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

Advertisement

उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ बढी हो।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।