Wednesday, August 5

भीर मौरीले टोकेर एक जनाको मृत्यु

नेपालअखबार,पाल्पा। पाल्पामा मौरिले टोकेर एकजनाको मृत्यु भएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधानका अनुसार पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोक बस्यालबारीका ५० वर्षीय कमल विकको मौरीले टोकेर मृत्यु भएको हो।

Advertisement
Advertisement

मंगलबार दिउसो सवा दुईबजेतिर आर्यभन्ज्याङदेखि गोफेक तर्फ जाँदै गरेका विकलाई बाटोमा हिंडिरहेको अवस्थामा अचानक भिरबाट झरेको मौरीले टोकेको थियो।

Advertisement

मौरीले टोकेपछि तत्काल उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उक्त घटनापछि प्रहरीले शवलाई पोष्टमर्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।