Wednesday, July 29

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

नेपालअखबार,काठमाडौँ ।  जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी सप्तरीको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

उनीविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा पक्राउ पुर्जी जारी भएको हो।

Advertisement

ठगी तथा आपराधिक विश्वासघात कसुरमा पार्टीले यादवविरूद्ध मुद्दा दायर गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

यादवले आर्थिक अनियमितता गरेको भन्दै पार्टीले उनलाई निष्काशन समेत गरेको छ। उनलाई ललितपुर ल्याउने तयारी भइरहेको छ।

एसएसपी अधिकारीका अनुसार पार्टीका लागि इमाडोलमा भवन किनेको थियो। तर उक्त भवनलाई यादवकै श्रीमतीको नाममा राखिएको थियो। पटकपटक किस्ता पार्टीले नै तिरिसकेको तर उक्त भवन पार्टीलाई नदिई ठगी गरेको भन्दै जाहेरी परेको हो।