Monday, July 27

सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी

नेपालअखबार,इस्लामाबाद । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन्।

Advertisement

जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

Advertisement
Advertisement

यसैबिच, भारतीय सेनाले मे २-३ को राति पाकिस्तानी सेनाले जम्मू कश्मीरको कुपवाडा, उरी र अखनूर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलीबारी गरेको आरोप लगाएको छ । दुवैतर्फबाट लगातार नवौँ दिन गोलाबारी भइरहेको छ।

Advertisement

यता, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारको एक्स खाता पनि भारतमा ब्लक गरिएको छ। केही दिनअघि तरारले पाकिस्तानमाथि भारतीय आक्रमण भएको दाबी गरेका थिए।

यसअघि शुक्रबार भारतले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम खाता ब्लक गरेको थियो।अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा आतंककारी गोलीबारीमा २६ पर्यटकको मृत्यु भएको थियो। त्यस बेलादेखि भारत र पाकिस्तानबिच तनावको अवस्था छ।