Wednesday, October 29

चार सांसद चढेको गाडी दुर्घटना

नेपालअखबार,विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा साेमबार दुर्घटनाग्रस्त भएकाे छ ।

Advertisement

विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

Advertisement

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरिले जनाएकाे छ ।