Tuesday, April 21

गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

नेपालअखबार,गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।

गाजा सहरको एक रंगशाला नजिकै भएको यस्तै एक आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल-शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।

Advertisement

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्।

यसअघि मार्च महिनामा इजरायलले गाजामा पुनः आक्रमण गरेपछि दुई महिनाको युद्धविराम विफल भएको थियो। १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएको थियो, तर पहिलो चरण पार गर्नै नसकी सम्झौता टुटेको थियो।