Wednesday, October 29

विकास दुबेका बडीगार्ड अमर दुबे इन्काउन्टरमा मारिए, प्रहरीले राखेका थिए २५ हजार इनाम

नेपाल अखबार, एजेन्सि। भारतको उत्तर प्रदेशका प्रहरीका अनुसार कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेका बडीगार्डको इन्काउन्टर भएको छ ।
समाचार एजेन्सी पिटिआईले युपीको स्पेशल टास्क फोर्सका महानिरिक्षक (आइजी) अमिताभ यशलाई उद्धृत गर्दै अमर दुबेको राज्यको हमिरपुर जिल्लामा एक मुठभेडमा मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरी अधिकारीका अनुसार अमर दुबे कानपुर मुठभेडका सह–अभियुक्त थिए । केही भारतीय मिडियारिपोर्टका अनुसार उनले विकासको बडीगार्डको रुपमा पनि काम गर्दथे ।
उत्तर प्रदेश पुलिसले मंगलबार दिएको आफ्नो जानकारीमा प्रहरीको ४० वटा समूहले विकास दुबेको लगातार खोजी गरिरहेको छ ।
कानपुरमा २–३ जुलाईको रात विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी समूहमाथि भएको हमलामा एक डीएसपीसमेत आठ प्रहरी मारिएका थिए ।
उक्त घटनापछि प्रहरीले अपराधीको तस्बिर जारी गरेको थियो, त्यसमा अमरको नाम शीर्ष स्थानमा थियो । प्रहरीले उनीमाथि २५ हजार भारुको इनाम पनि घोषणा गरेका थिए । एक समाचार रिपोर्टका अनुसार उनी आरोपी विकास दुबेका काकाका छोरा थिए ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *