Monday, July 27

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

नेपालअखबार,काठमाडौं ।  चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

Advertisement

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।

Advertisement
Advertisement

चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ माग भएको रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।

Advertisement

चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।

गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो।

प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो। सुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पछि १९ जनालाई मात्रै म्याद थपेर बाँकीलाई छाडेको थियो। उनीहरूले सवारीसाधनले सडकमा बाटो कब्जा गरेको, होहल्ला गरी हैरानी दिएको, अश्लिल अपशब्दहरू बोलेको, जन्मदिन मनाउने नाममा आतंकित बनाएको आरोप छ।

प्रहरीले दुई वटा रड, एउटा खुकुरी र एउटा पेपर-स्प्रे समेत बरामद गरेको थियो।

सरकारी वकिलको कार्यालय काठमाडौंमा चक्रे मिलनले बयान दिँदा आफ्नो वास्तविक जन्म मिति २०२९ साउन १४ गते भएको बताएका छन्। तर उनले नागरिकतामा भने साउन १९ राखेको पनि बताएका छन्।