Saturday, May 2

आफ्नै छोराले मारेका थिए भालुले मारेको भनिएका जापानी वृद्धलाई

नेपालअखबार, टोकियो । जापान प्रहरीले उत्तरी अकिता प्रिफेक्चरबाट आफ्नै पिताको हत्या गरेको आरोपमा मंगलबार ५१ वर्षका फुजियुकी शिन्दोलाई पक्राउ गरेका छन् । ९३ वर्षका फुजियोशी शिन्दो भालुको आक्रमण परेर मरेको ठानिएको थियो । वृद्ध पतिलाई पत्नीले भुँइमा रगतमा लतपतिए बेहोस अवस्थामा भेटेकी थिइन् ।

सो आक्रमणलाई भालुले गरेको हुन सक्ने मानेर प्रहरीले पनि मेलमा स्थानीय बासिन्दालाई अलर्ट पठाएको थियो ।

Advertisement

तर अनुसन्धानका क्रममा वृद्धको शरीरमा भएका चोट चक्कु प्रहारसँग मेल खाने खालको पाइयो । उत्तरी जापानमा भालुको आक्रमण पछिल्लो समय बढेको छ ।

वृद्ध जनसंख्या धेरै भएको अनि खेतियोग्य जमिन खुम्चिँदै गएकोले पनि जंगली जनावरहरूले आफ्नो बासस्थान विस्तार गरेर मानव बस्ती नजिकसम्म ल्याइ पुर्‍याएका छन् ।

शिन्दो आफ्नो मातापिताको साथमा बस्थे । आक्रमणको समयमा आफूले घरमा खासै असामान्य केही नदेखेको उनले प्रहरीलाई शुरुआती अनुसन्धानका क्रममा भनेका थिए ।

अनुसन्धाताहरूले पीडितको घरबाट कयौँ चक्कु जफत गरेका छन् । आक्रमणमा प्रयोग भएको चक्कु कुन थियो भनेर खोज्ने प्रयास जारी रहेको बताइएको छ । अहिलेसम्म यो हत्याको कारण खुल्न सकेको छैन ।