Friday, September 25

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

नेपालअखबार,काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्।

Advertisement

उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन्।

Advertisement
Advertisement

केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जुन देश ट्रम्पविरुद्ध खडा भयो, त्यस देशको अगाडि ट्रम्पलाई झुक्नै पर्‍यो।‘

Advertisement

उनले थपे, ‘मोदीजीलाई के बाध्यता छ थाहा छैन तर उनी ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका छन्।‘

उनले बदलामा भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।‘

केजरीवालले केही दिनअघि मोदीले ट्रम्पको दबाबमा कपासमा लाग्ने ११ प्रतिशत कर हटाइदिएको आरोप लगाए । ‘मोदीजीको यो निर्णयपछि अब अमेरिकाबाट आउने कपासमा कुनै शुल्क लाग्ने छैन।‘

उनका अनुसार, यो शुल्क केवल ४० दिन (१९ अगस्टदेखि ३० सेप्टेम्बरसम्म) का लागि हटाइएको हो। अब अमेरिकाबाट आउने कपास भारतका किसानले उत्पादन गरेको कपासभन्दा सस्तो हुनेछ।