
नेपालअखबार,काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताबारे जानकारी गराएको छ । विभिन्न १० दल र समूह एकीकरण गर्दै बनेको नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि जानकारी गराएको आयोग श्रोतले जनाएको छ ।
दल गठन गर्दछाैँ भन्ने सामान्य जानकारी आएको हो । दल दर्ताको निवेदन आयोगको ढाँचामा आइसकेको छैन’, आयोग श्रोतले भन्यो– ‘अयोगको ढाँचाअनुसार फारम भरेर दिनुपर्ने दल दर्ताको निवेदन आइसकेको छैन ।’
त्यसबारे एकीकृत पार्टी घोषणा हुनुअघि नै जानकारी गराइएको हो ।

