Friday, May 22

‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ

नेपालअखबार,काठमाडौं ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ओलीकुटीप्रति कटाक्ष गरेका छन्।

भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ओलीकुटी बनाउन लागिएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा उक्त घर बन्न लागेको हो।

Advertisement

आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा टिप्प्णी भइरहेको छ। मन्त्री पुनले पनि इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै व्यंग्य गरेका हुन्।

‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले। कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो,’ ठट्यौली शैलीमा मन्त्रीले पुनले लेखेका छन्।