Thursday, July 9

सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि

नेपालअखबार,काठमाडौं ।  सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

आइतबार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Advertisement
Advertisement

आफूहरूले प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिए पनि सो अनुसार काम हुन नसकेकोप्रति सभामुख घिमिरेले गुनासो गरेका हुन् ।

Advertisement

संसद्का कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुन लगायतका व्यवस्था गर्न संसद् एकेडेमी आवश्यक रहेको समेत उनले बताए ।सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसद्लाई स्थापित गराउने काममा लाग्न पनि ढिलाइ गर्न नहुने बताए ।