Monday, April 27

गौतमबुद्ध विमानस्थलबाट कतार उडे दुई हात्ती

नेपालअखबार,बुटवल । नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।

Advertisement

दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।

भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । आज बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको थियो ।