Sunday, February 1

सुनसरी–४ मा परिवर्तनको हुंकार : जगदीश कुसियैत तर्फ जनताको बढ्दो आकर्षण 

समाचार दाता । सद्दाम हुसैन

लौकही । सुनसरी क्षेत्र नं. ४ को वर्तमान राजनीतिक माहोल हेर्दा एक कुरा स्पष्ट देखिन्छ—जनता अब पुरानै शैलीको राजनीति स्वीकार गर्न तयार छैनन्। घर–आँगनदेखि चोक–चौतारासम्म एउटै आवाज गुञ्जिएको छ, “अब परिवर्तन चाहियो, अनुभवी र जनतासँग जोडिएको नेतृत्व चाहियो।” लामो समयदेखि जनताको दुःख–सुखमा साथ दिँदै आएका, विकास र स्थायित्वको स्पष्ट दृष्टिकोण बोकेका नेता जगदीश कुसियत अहिले सुनसरी क्षेत्र नं. ४ मा आशाको केन्द्र बनेका छन्। युवादेखि वृद्धसम्म, किसानदेखि व्यवसायीसम्म—सबै वर्गको भरोसा जगदीश कुसियैततर्फ केन्द्रीत हुँदै गएको देखिन्छ।

Advertisement

स्थानीय बासिन्दाहरू भन्छन्, “हामीले धेरै वाचा सुनेका छौँ, अब काम गर्ने नेता चाहिन्छ।” यही अपेक्षालाई सम्बोधन गर्ने पात्रका रूपमा कुसियैतलाई नागरिकहरूले हेर्न थालेका छन्। उनको सरल स्वभाव, जनतामै बसेर राजनीति गर्ने शैली र विकासप्रति प्रतिबद्धताले आम मतदातामा विश्वास जगाएको छ।

आज सुनसरी–४ मा जुन उत्साह, भरोसा र एकताको वातावरण बनेको छ, त्यसले एउटा स्पष्ट सन्देश दिन्छ कि यसपालिको चुनावी माहोल जगदीश कुसियैतको पक्षमा मजबुत हुँदै गएको छ। जनताको चाहना, आवश्यकता र आकांक्षाको सही प्रतिनिधित्व गर्न सक्ने नेताका रूपमा उनलाई उभ्याउँदै नागरिकहरू एकजुट भइरहेका छन्।

यस अघि २०७४ सालमा उहाँ प्रदेश सांसद र मन्त्री भइ जुन जनमुखी कामहरु गर्नु भएको थियो त्यो कुरा यहाँका जनताले बिर्सेका छैन त्यसकारण आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनमा जगदीश कुसियैतलाई नै निर्वाचित गराउने संकल्प लिएका छ्न्। सुनसरी ४ का मतदाताहरु भन्नू हुन्छ जगदीश कुसियैत मन्त्री हुदा प्रत्येक हप्ता आफ्नो जन्मथलो श्रीपुर गाउँ आउनु हुनथियो र हाम्रो निमुखा जनताको गुनासो सुनेर समस्या समाधान गर्नु हुने नेता हुन कुसियैत।