Tuesday, June 30

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनीत

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ।

कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तरराष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गरेकी हुन्।

Advertisement

संस्थाको अन्तरराष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनीत गरिएको हो।