Friday, July 31

सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,सप्तरी ।  सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी भएको छ।

Advertisement

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले शुक्रबार बिहान  ८ बजेदेखि लागू हुने गरी राजविराज क्षेत्रमा अनिश्चितकाली कर्फ्यु आदेश जारी गरेका हुन्।

Advertisement
Advertisement

राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रूपनी रोडको बसविट्टी चोक र दक्षिणमा विष्णुपुर गाउँपालिकाको कोशी पश्चिम मूल नहरसम्म चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको हो।

Advertisement

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुन जान देखिएकाले कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको शुक्रबार नै बसेको बैठकले कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको थियो

कर्फ्यु अर्को आदेश नभएसम्म जारी रहने प्रजिअ थापाले जानकारी दिएका छन्। कर्फ्यु आदेश उल्लंघन गरिए नियमानुसार कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।