
नेपालअखबार, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट शुक्रबार दिउँसो १ हजार ३३ किलो गाँजा बरामद भएको छ ।
उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल चुनीबारीको टोलीले दिउँसो साढे २ बजेतिर उक्त परिमाणको गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।




