Monday, April 20

अमेरिकामा एकै दिन ६० हजार कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि।संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।

अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो।
त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।
यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ। कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ।
उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ।
संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो। तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ।
सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गरेका छन्। रासस/एएफपी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *