Friday, September 18

नवनियुक्त मन्त्री आलेमगरले लिइन् शपथ

नेपालअखबार,  हेटौँडा । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गरेका थिए ।

Advertisement

मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ ग्रहण गरेसँगै मन्त्री आलेमगरले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सम्हाल्ने छन् । यसअघि उनी शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् ।

Advertisement
Advertisement

Advertisement