प्रशासनसमाचार

युट्युबर शिवाकोटी बलात्कार आरोपमा जेल चलान

नेपाल अखबार, काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले  बताए ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।
घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।
the authoradmin

Leave a Reply