राजनीतिसमाचार

ओली–प्रचण्ड छलफल जारी, झलनाथ र सुवास नेम्वाङ साक्षी

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगनपछिको गतिरोध हटाउन दुवै अध्यक्षबीच आज तेस्रो दिन पनि छलफल जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डबीच साँझ ५ बजेदेखि बालुवाटारमा पुनः वार्ता शुरु भएको छ ।
साउन १३ को स्थायी कमिटी बैठक प्रथम अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपामा संकट झनै गहिरिएको छ ।
आइतवार र सोमबार दुई दिन लगातार ५ घण्टाभन्दा बढी छलफल गर्दा पनि ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन ।
आजको वार्तामा पनि प्रचण्डको तर्फबाट झलनाथ खनाल र ओलीको तर्फका सुवास नेम्वाङ सहभागी छन् ।
प्रधानमन्त्री ओली अब स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राख्ने पक्षमा छैनन् । ओलीले सचिवालय बैठकमा जोड दिएका छन् ।
बामदेव गौतमको ६ बुँदे प्रस्तावपछि ओली सचिवालयमा अनुकुल अवस्थामा छन् । ओलीसँग वार्ता गर्नुअघि प्रचण्ड आजै उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटी पुगेर छलफल गरेका थिए ।
गौतमलाई फकाउन गएकाले प्रचण्ड कोरोना नियन्त्रण सम्बन्धी विज्ञ सहितको सर्वदलीय बैठकमा समेत सहभागी भएनन् ।

the authoradmin

Leave a Reply