Tuesday, April 21

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

नेपाल अखबार, पाेखरा। आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कास्कीमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–२६ बस्ने ती व्यक्तिले छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यता, कैलालीमा पनि बालिका माथि जवर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कैलारी गाउँपालिका–९ बस्ने २२ वर्षीय विकास भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो।
ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका–७ मनहरास्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *