प्रदेश २समाचारस्वास्थ्य

पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु

Nepal Akhabar

इरफान अलि , वीरगन्ज । पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
सोमबार राति स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको र मंगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृत्यु भएकी युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।

the authoradmin

Leave a Reply