नेपाल अखबार, एजेन्सि। भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ।
अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन्।
अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो।
आगो एक घण्टामै नियन्त्रणमा लिइयो तर आत्तिएर ८ बिरामीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

