हस्ताक्षर किर्ते गरी रकम चोरी प्रकरण बढ्दो, कसरी पुग्यो अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट ?
हस्ताक्षर किर्ते गरी रकम चोरी प्रकरण बढ्दो, कसरी पुग्यो अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट ?
सुनाखरी न्युज/
काठमाडौं-
हस्ताक्षर किर्ते गरी रकम चोरी प्रकरण बढ्दो क्रममा छ । अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट समेत पुगेको पाइएको छ । यसले वैंकिण् क्षेत्रमा चुनौति थपिदिएको छ ।
विशेषगरी बैंकका खातावाहक जो ठूलै रकम बैंकमा राख्छन् । उनीहरुको सजिलो हस्ताक्षर वा नाम मात्रै हुने गरेको छ । बैंकको चेक आफैंले लेख्न नजान्ने तर कसैले लेखिदिए त्यसमा सामान्य हस्ताक्षर गर्न जान्ने व्यक्तिहरुको पनि बैंक खाता छ ।
ती व्यक्तिहरु अर्कालाई चेक लेखाउने, सकेसम्म आफ्नो हस्ताक्षर आफैं पनि नगर्ने । छोराछोरीलाई ‘मेरैजस्तै देखिने गरी साइन गर्दे गर्दे’ सम्म पनि भन्ने गरेको पाइन्छ । आफैंले गर्दा पनि बडो सजगताका साथ आफ्नो नाम लेख्छन् ।
उनीहरुका लागि मोबाइल बैंकिङ त परै जाओस् एटीएममा...
