Wednesday, July 29

Blog

नागिरकता विधेयककाे विराेध गर्दै विरगंज महानगरका मेयर विजय कुमार
प्रदेश २, राजनीति, समाचार

नागिरकता विधेयककाे विराेध गर्दै विरगंज महानगरका मेयर विजय कुमार

इफान अलि, विरगंज, । संसदमा विचाराधीन नागिरकता विधेयककाे विराेधमा विरगंज महानगरका मेयर विजय कुमार सरावगीले विभेदकारी कानुनलाई मान्यता नहुने बताए । ओलि सरकाले आफ्नो असक्षमता लुकाउनका लागि याे विधेयक पेस गरेकाे बताए । काेराेनाकाे महामारीबाट देशलाई जाेगाउन नसके पछि जनताका बिचमा भ्रम छार्दै  नेपालका सिमामा रहेका नागरिककाे अधिकार खाेस्ने प्रयास गरेकाे छ हामी सबैले एकजुट भएर यसकाे विराेध गर्नु पर्ने बताए । नेपाल क्म्युनिस्ट पार्टीले एकलौटी रुपमा ल्याएको नगरिकता सन्सोधन विधेकको बिरोधमा जन्ता समाजवादी पार्टी पर्साको अध्यक्ष तथा युवा नेता राजेशमान सिन्हले  कुनै पनि किमतमा याे विधेयक लागु हुन निदने बताए । सदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधे...
घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू
प्रशासन, समाचार

घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू

नेपाल अखबार, काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए। उनले बाहरिबाट आएका व्यक्तिहरु दुई हप्तासम्म मापदण्ड बमोजिम क्वारेन्टिनमा बसेको प्रमाण भएमा र कोरोनाको कुनै लक्षण नदेखिएमा उनलाई परीक्षण बिनै घर पठाउन मिल्ने बताए। उनले लक्षण नै नभएका व्यक्तिबाट कोरोना नसर्ने समेत जानकारी दिए। ‘मापदण्ड बमोजिम क्वारेन्टिनमा भएका र कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिलाई पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ’, प्रवक्ता गौतमले भने। उनले विभिन्न सञ्चारमाध्यममा क्वारेन्टिमा बसेको प्रमाण हुँदा हुँदै पनि घरभेटीले घर छिर्न नदिएको भन्ने समच...
नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
समाचार, स्वास्थ्य

नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। आज संक्रमण पुष्टि हुनेमा ७१ महिला २४५ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।...
गण्डकी प्रदेशसभा– विनियोजन विधेयकमाथिको छलफल जारी
प्रदेश ४

गण्डकी प्रदेशसभा– विनियोजन विधेयकमाथिको छलफल जारी

नेपाल अखबार, कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेशसभा सचिवालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल भएको छ । बैठकमा प्रदेशसभा सदस्य दीपक कोइरालाले बजेटमा स्वास्थ्य बीमा, लक्षित वर्ग एवं समूहका लागि सहुलियत कार्ड वितरणलगायतका काम समेट्न खोजिनु स्वागतयोग्य भएको बताए । अर्का सदस्य कृष्णबहादुर थापाले बन्दाबन्दीका कारण समयमा कर तथा राजस्व बुझाउन नसकेका उद्योग तथा व्यवसायलाई छुट दिनेलगायतका विषय उल्लेख भएको बताए । सदस्य मनकुमारी गुरुङले विदेशबाट फर्केर आउने युवालाई कृषिमा आकर्षित गरी रोजगारी अभिवृद्धि गर्नुपर्ने सुझाव दिइए पनि त्यसतर्फ ध्यान दिइन् । सदस्य पियारी थापाले कोरोनासँग लड्नका लागि प्रदेश राजधानी बाहिर एउटा मात्रै ...
निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन
समाचार

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

नेपाल अखबार, काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि  निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकाे विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए । प्राप्त जानकारीअनुसार झापाका सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । आ...
अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा
राजनीति, समाचार

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। उनीसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका छन्। मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्। बैठकको सुरुमै अध्यक्ष प्रचण्डले नम्र स्वरमा बोल्न सुरु गरेका थिए। तर, विस्तारै उनी कडारुपमा प्रस्तुत भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए। उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए। त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफै...
कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ
कृषि, समाचार

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । त्यस्तै १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताए । त्यसैगरी, आठ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उनले जनाए । उनका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५७...
भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीसँग प्रचण्डसहित शीर्ष ४ नेताले मागे प्रमाण
राजनीति, समाचार

भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीसँग प्रचण्डसहित शीर्ष ४ नेताले मागे प्रमाण

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो दिनको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे चर्को बहस भएको छ । बैठकमा शीर्ष नेताहरुले नै ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य मामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति प्रश्न गरेका हुन् । उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । बैठक केहीबेर चियाखाजाका लागि ब्रेक हुँदा  कुरागर्दै ती स्थायी समिति सदस्यले बोल्ने प्रचण्डसहितका शीर्ष नेताहरुले ओलीले आधारहीन टिप्पणी गरेको आशयसहित प्रमाण खोजेको जानकारी दिए । उनीहरुले बिनाआधारमा टिकाटिप्पणी गर्दा गलत सन्देश जान सक्...
कोरोना भाइरसको जीन अध्ययन शुरु
समाचार, स्वास्थ्य

कोरोना भाइरसको जीन अध्ययन शुरु

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले  नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण  समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको क...
नेकपा स्थायी कमिटी बैठक जारी
राजनीति, विचार

नेकपा स्थायी कमिटी बैठक जारी

नेपाल अखबार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी रहेको छ । यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा भाग लिँदै २१ जना सदस्यले धारणा व्यक्त गरिसकेका छन् भने बाँकी सदस्यले आज बोल्ने जनाइएको छ । आजै कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुने छ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र विविध कार्यसूची छ । यस्तै कार्यसूचीको विविधम...