Wednesday, July 29

Blog

अनुसन्धानकर्ता भन्छन्ः कोरोना सार्ने भनेर चमेरो मार्न थालियो भने स्थिति झन् खराब हुन्छ
विश्व

अनुसन्धानकर्ता भन्छन्ः कोरोना सार्ने भनेर चमेरो मार्न थालियो भने स्थिति झन् खराब हुन्छ

नेपाल अखबार, एजेन्सि। अहिले विश्वलाई नै तहसनहस बनाइरहेको कोरोना भाइरस कहाँबाट उत्पन्न भएको हो, अहिलेसम्म विश्वका कुनै वैज्ञानिकले ठोकुवासाथ भन्न सकेका छैनन्। तर धेरैजसो वैज्ञानिक यो भाइरस सुरुमा कुनै जनावरबाट मानिसमा सरेको विश्वास गर्छन्। तर कुन जनावर? अहिलेसम्म यो पत्ता लगाउन सकेका छैनन्। तर यसबीच अनुसन्धानकर्ताले यो भाइरस सार्नेमा चमेरो तथा सालकलाई शंका गरेका छन्। यही कारण अस्ट्रेलियादेखि इन्डोनेसियासम्म ठूलो संख्यामा चमेरा मारिएको खबर आएका छन्। जसले विश्वभरिका वन्यजन्तु संरक्षणकर्मीलाई चिन्तित बनाएको छ। यसै सन्दर्भमा चमेराबारे अध्ययनरत एक वैज्ञानिकले आफ्नो विचार सार्वजनिक गरेकी छन्। उनी हुन्, नाइजिरियन नागरिक इरोरो तान्सी, जो टेक्सस विश्वविद्यालयमा विद्यावारिधि गर्दैछिन्। उनी त्यस्ता वैज्ञानिकमध्ये एक हुन्,जसले चमेरोको नकारात्मक छवि सुधार्ने प्रयत्न गरिरहेकी छन्। तान्सीका अनुसार कोभिड-१...
भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु
विश्व, स्वास्थ्य

भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु

नेपाल अखबार, एजेन्सि । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट ५०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ८५ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १८ हजार ६५३ नयाँ संक्रमित फेला परेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ७४ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार ८५५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २०१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा ८७ हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ...
खोलामा डुबेर इलाममा  एकको मृत्यु
समाचार

खोलामा डुबेर इलाममा एकको मृत्यु

नेपाल अखबार, इलाम । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो । आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । ।रासस...
भक्तपुर हत्या आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति
समाचार

भक्तपुर हत्या आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

नेपाल अखबार, काठमाडाैं। ढुंगाले हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिन्धुली घर भइ भक्तपुरको गहिटी क्षेत्रमा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार तामाङले ढुंगाले हानेर अन्दाजी ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो । जिल्ला अदालत, भक्तपुरले ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि मंगलबार १० दिन हिरासतमा राख्न अनुमति दिएको भक्तपुरका डीएसपी दिपक गिरी बताउँछन् । घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट इस्पेक्टर किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा टाउको, निधार र चिउडोमा तामाङको चोट देखिएको थियो । ...
शिशुलाई जङ्गलमा फाल्ने १७ वर्षीया युवती पक्राउ
समाचार

शिशुलाई जङ्गलमा फाल्ने १७ वर्षीया युवती पक्राउ

नेपाल अखबार, बागलुङ। यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । रासस...
जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद
प्रशासन, समाचार

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

नेपाल अखबार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए । पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घट...
गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना । कास्कीको पोखरा महानगरपालिकामा १ पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् । बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जना र तनहूँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।...
नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै
प्रदेश ७, स्वास्थ्य

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

नेपाल अखबार, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने । कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् । “महिलाहरु ...
‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’
विश्व, स्वास्थ्य

‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’

नेपाल अखबार, एजेन्सि । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन ।’ यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ । विश्व...
मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री
राजनीति, समाचार

मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श थालेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यहरूले राजीनामा मागे पछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।...