Wednesday, July 29

Blog

दाङमा वडाध्यक्षमाथि कुटपिट
समाचार

दाङमा वडाध्यक्षमाथि कुटपिट

नेपाल अखबार,  दाङ। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ । घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए । वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।...
भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु
विश्व, स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ८९३ पुगेको छ । भारतमा अहिले दुई लाख १५ हजार १२५ संक्रमित निको निको हुन बाँकी छन् भने तीन लाख ३४ हजार ८२२ संक्रमित निको भइसकेका छन् । मंगलबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले दिएको जानकारी अनुसार २९ सोमबारम्ममा भारतमा कोभिड-१९ का ८६ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको छ । सोमबार एकैदिन दुई लाखभन्दा धेरै परीक्षण गरिएको बताइ...
संघीय निजामती सेवा ऐन निजामती सेवाको मर्म विपरित रहेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण(विज्ञप्ति सहित)
समाचार

संघीय निजामती सेवा ऐन निजामती सेवाको मर्म विपरित रहेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण(विज्ञप्ति सहित)

नेपाल अखबार, काठमाडौ  । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट हिजो पारित भएको संघीय निजामती सेवा ऐन आम कर्मचारीका हित विपरित रहेको भन्दै पेसागत महासंघले गम्भिर ध्यानकर्षण भएको बताएको छ । “लामो छलफल पछि अहिले संघीय निजामती सेवा ऐन जारी हुन लागेको र त्यसमा गरिएका व्यवस्था बारे विभिन्न सञ्चारमाध्यमबाट टिप्पणी भईरहेको र सञ्चारमाध्यममा आएका कुराहरु आम कर्मचारीका हित विपरित प्रगिगमनकारी तथा संघीय निजामती सेवाको मर्म विपरित समेत देखिएको हुँदा यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । ” महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलद्धारा हताक्षरीत विज्ञप्तिमा भनिएको छ । निजामती सेवा ऐनलाई जनमुखी,कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने गरी जारी गर्न राज्य व्यवस्था समितिलाई भनिएको, सभापतीले महासंघको सुझाबलाई गम्भीरतापूर्वक लिइने र कर्मचारीका हित विपरित हुनै पनि व्यवस्था नगरिने आश्वासन भए पन...
लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु बेपत्ता, एक घाइते
समाचार

लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु बेपत्ता, एक घाइते

नेपाल अखबार, जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् । यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको प्रजिअ पन्तले बताए । आज बिहानैदेखि सबै तहका सुरक्षाकर्मी खोजीकार्यमा खटिएका छन् । रासस...
गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण गर्यो।
विदेश, समाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण गर्यो।

नेपाल अखबार,   काठमाडाैं।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज सोमवार, जुन २९, २०२० वाट सुरु गर्दै ६ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए। रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई ६ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,१५२ ग्यालन अर्थात् ४३६० लिटर...
आफैँले बोकेको पेस्तोलले गोली हानी  प्रहरी हवल्दारद्वारा आत्महत्या
समाचार

आफैँले बोकेको पेस्तोलले गोली हानी प्रहरी हवल्दारद्वारा आत्महत्या

नेपाल अखबार,सुनसरी । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस...
पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको पत्र
समाचार

पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको पत्र

नेपाल अखबार, काठमाडाैं । नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो । पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गरेको उजुरी निवेदनमा भनिएको छ, “पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु ।” पत्रकार धानुकले आगामी दिनमा त्य...
चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह
विश्व, स्वास्थ्य

चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह

कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्काे नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’ ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्य...
कोरोनाको वास्तविक स्रोत के हो? अनुसन्धान गर्न चीन जाँदै डब्लूएचओकाे टाेली
विश्व

कोरोनाको वास्तविक स्रोत के हो? अनुसन्धान गर्न चीन जाँदै डब्लूएचओकाे टाेली

नेपाल अखबार, एजेन्सि। अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनमा अनुन्धान टोली पठाउन लागिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ। डब्लूएचओले सोमबार दिएको जानकारीअनुसार त्यो टोली आगामी हप्ता चीन प्रस्थान गर्नेछ र विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पनन्न भएको रहेछ भनेर पत्ता लगाउन प्रयास गर्नेछ। डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले सोमबारेको भर्चुअल पत्रकार सम्मेलनमा भनेका छन्, ‘जब हामी भाइरसबारे सबै कुरा पत्ता लगाउन सक्छौं, तब यसबविरुद्ध बृहद् रूपमा लड्न सक्छौं। यसकारण हामी यो प्रयास गरिरहेका छौं कि वास्तवमा यो भाइरसको स्रोत के हो? यही कुरा आगामी हप्ता चीन पठाइने अनुसन्धान टोलीले पत्ता लगाउन प्रयास गर्छ।’ तर उनले त्यो टोलीमा को को रहने भन्नेबारे स्पष्ट पारेनन्। अहिलेसम्मको अनुसन्धानअनुसार वैज्ञानिकले कोरोना...
अझै तीन दिन भारी वर्षाको सम्भावना
समाचार, समाज

अझै तीन दिन भारी वर्षाको सम्भावना

नेपाल अखबार, काठमाडाैं। एक हप्ताभन्दा बढी समयदेखि दशेभर जारी वर्षा अझै केही दिन नरोकिने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै कम्तीमा तीन दिन वर्षा जारी रहने सम्भावना छ। महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको तीन दिनको अनुमानित मौसमी बुलेटिनमा बिहीबारसम्मै झरी जारी रहने र विभिन्न स्थानमा भारी वर्षासमेत भइरहने उल्लेख छ। बुलेटिनअनुसार अहिले बिहान पनि देशभर मौसम बदली भएको छ भने केही स्थानमा पानी परिरहेकै छ। यस्तै आज दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का एक(दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। राति पनि सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, बागती र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी जार...