Tuesday, July 28

Blog

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर
प्रशासन, शिक्षा

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर

नेपाल अखबार, काठमाडाैं। माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई नम्बर (ग्रेडसिट) दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाएको छ। कोरोनाको महामारीका कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भई तत्काल सम्भव गर्न सम्भव नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याकंनलाई नै आधार मानेर प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ ल्याएको हो। सो कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका लागि विद्यालयका प्रधानाध्यापक र दुई जना शिक्षक रहेको समिति निर्माण हुने र उक्त समितिले विद्यालयले गरेको अन्तिम मूल्यांकनाका आधारमा विद्यार्थीलाई नम्बर दिनेछ। गत वर्ष एसइई परीक्षामा सहभागी हुनका लागि चार लाख ८२ हजार दुई सय १९ व...
रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो
विश्व

रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो

नेपाल अखबार, एजेन्सि। अमेरिकाले भारतको सरकारी एयरलाइन्स एयर इन्डियामाथि प्रतिबन्ध लगाएको छ। भारतबाट अमेरिका जाने र अमेरिकाबाट भारत फर्कने दुवै फ्लाइटमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियाले यात्रुमाथि भेदभाव गरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो। कोरोना भाइरस प्रकोपबीच हाल अमेरिकामा कयौं भारतीय नागरिकहरु फसेका छन्। उनीहरुलाई उद्धार गर्नका लागि भारतले एयर इन्डियाको विमान पठाउने गरेको छ। तर एयर इन्डियाले आफ्ना नागरिकको टिकटको पैसा लिएको थाहा पाएपछि अमेरिकाको ट्रान्सपोर्टेसन विभागले एयर इन्डियाले रेस्क्यू फ्लाइट नगराएको बताएको छ। विभागले विमान उडानको सुविधामा तत्कालको लागि प्रतिबन्ध लगाएपछि पनि एयर इन्डियाले प्रतिक्रिया जनाएको छैन।...
दक्षिण अफ्रिकाको ३५ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
विश्व, स्वास्थ्य

दक्षिण अफ्रिकाको ३५ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल अखबार, एजेन्सि ।  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। “आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु,” मन्त्री एमखिजाले भनेका छन्। इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हुन्। सङ्क्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९९३ जना भने सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन्। दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्य...
पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपाल अखबार,  पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला १०६ गरी ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।...
पोखरा महानगरमा पत्रकार उपचार कोष
समाचार

पोखरा महानगरमा पत्रकार उपचार कोष

नेपाल अखबार, पाेखरा। पोखरा महानगरले पत्रकार उपचार कोष स्थापना तथा सञ्चालन गर्ने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । नगरसभामा ३/४ दिनको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित हुने प्रवक्ता धनबहादुर नेपालीले बताए ।...
पर्वतमा एक पुरुष मृत फेला
समाचार

पर्वतमा एक पुरुष मृत फेला

नेपाल अखबार,  पर्वत। पर्वतमा खाना खाएर आफ्नै कोठामा सुतेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका-८ फर्सेमा बस्ने ५६ वर्षका महेन्द्र राई बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । राई ज्याला मजदुरी काम गर्दै आएको जनाइएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
पोखरा महानगरको बजेट ६ अर्व १९ करोड ७१ लाख
प्रशासन

पोखरा महानगरको बजेट ६ अर्व १९ करोड ७१ लाख

नेपाल अखबार, पोखरा । पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्व भन्दा वढीको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जु गुरुङले नगरको सातौ सभामा आव २०७७/७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट प्रस्ताव गरेकी हुन । प्रस्ताव उक्त गरिएको बजेट मध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ भने अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरले गरेको छ । देशकै ठुलो क्षेत्रफल ओगटेको पोखरा महानगरले आर्थिक वर्षमा राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरेको छ भने आ...
नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय २९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ६ सय २९ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो । नेपालमा संक्रमित मध्ये २ हजार ३ सय ३८ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म २३ जनाको ज्यान गएको छ ।...
पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि
विश्व, स्वास्थ्य

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

नेपाल अखबार, एजेन्सि। पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी एनएचएसका अनुसार कोरोनाद्वारा संक्रमित पुरुषमा महिलाको तुलनामा धेरै एन्टीबडी बन्ने गर्छ । हालै यसबारे अनुसन्धान भएको छ । अनुसन्धानको लक्ष्य कोरोना सर्भाइभरको ब्लड प्लाज्मालाई संक्रमित व्यक्तिमा चढाइए एन्टिबडीले भाइरससँग लड्न कत्तिको सहयोग गर्छ भनेर पत्ता लगाउनु थियो । उनीहरुमा प्रतिरोधी क्षमताको स्तर कति बढ्छ भनेर पनि थाहा पाउने कोसिस गरिएको थियो । एनएचएसले सुरु गरेको थियो थेरापी प्रोग्रामः एनएचएसले हालै कोरोनाका बिरामीका ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्राम सुरु गरेका थिए । ट्रायलको क्रममा संक्रमित पुरुषमा ४३ प्रतिशत र महिलामा २९ प्रतिशत एन्टीबडी विकसित भयो । एनएचएसले कोरोना संक्रमणबाट निको भएकाहरुलाई ब्लड प्लाज्म...
स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक
प्रशासन, समाचार

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

नेपालअखबार, चितवन।    जिल्ला प्रशासन कार्यालय चितवनले बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ । कोभिड–१९ सङ्क्रमणको जोखिम नहुने गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णयतर्फ उचित विचार हुने सूचनामा जनाइएको छ । बन्दाबन्दी खुकुलो भएसँगै जिल्ला...