Monday, July 27

Blog

प्याब्सन विरूद्ध अनेरास्ववियू आन्दोलनमा : लकडाउन अवधिको शुल्क नतिर्न आग्रह
शिक्षा, समाचार

प्याब्सन विरूद्ध अनेरास्ववियू आन्दोलनमा : लकडाउन अवधिको शुल्क नतिर्न आग्रह

नेपाल अखबार, पाेखरा । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोना महामारीका कारण विद्यालय बन्द रहेको अवधिको समेत शुल्क उठाएको भन्दै सत्तारुढ दलकै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मंगलबार पोखराको महेन्द्रपुलमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुले सर्वसाधरणबाट पैसा उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा १४७ रुपैयाँ जम्मा गरेका हुन्। प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोनाको माहामारीका कारण निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न अभिभावकलाई आह्वान गरेको थियो। कोरोनाको महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण विद्यालयहरु बन्द रहेको र प्याब्सनले सोही अवधिको समेत शुल्क तिर्न आह्वान गरेपछि आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटाले बताए। उनले निजी विद्यालयले...
नेपाल विशेष सेवा विधेयक स्वीकृत
राजनीति, विचार

नेपाल विशेष सेवा विधेयक स्वीकृत

नेपाल अखबार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसअघि विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा.तुम्बाहाम्फेले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षाका निम्ति विधेयकले विशेष व्यवस्था गरेको बताइन् । उनले सरोकारवाला र विषय विज्ञसँग छलफल गरी विधेयक आएकाले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने बताइन् । विधेयकको सैद्धान्तिक पक्षको छलफलमा सहभागी सांसदहरुले राज्यको भूमिकालाई प्रभावकारी बनाउन विधेयक उपयोगी हुने उल्लेख गरे । सांसद खगराज अधिकारीले विगतमा राज्यको भूमिका प्रभावकारी बन्न नसक्दा लिपुलेक, कालापानी, सुस्तालगायत सीमा क्षेत्...
एमसीसी इस्ट इण्डिया कम्पनीको आधुनिक रुप हो : नेता पोख्रेल
राजनीति, समाचार

एमसीसी इस्ट इण्डिया कम्पनीको आधुनिक रुप हो : नेता पोख्रेल

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीति (आईपीएस) को अभिन्न अंग भएकाले यसको खारेजी गर्नुपर्ने बताएका छन् । एमसीसी परियोजना लागु भएमा नेपालको संविधानलाई नै निष्क्रिय बनाउने भएकोले यसलाई खारेज गर्नु पर्ने उनले बताएका हुन् । त्यस्तै अमेरिकी अनुदान सहयोग एमसीसी नयाँ इष्ट इण्डिया कम्पनीको नयाँ (आधुनिक) रुप भएको पनि दाबी गरे । उनले भने, हिजो जसरी ब्रिटिसहरुले भारतमा ३०० बर्ष शासन गरे त्यसरी नै एमसीसीले पनि नेपाललाई उपनिबेश बनाउने छ । यसका दफा २.८ मा कुनै पनि विदेशी कर्मचारीहरुलाई कर नलाग्ने, दफा ३.२ (च) मा एमसीसी परियोजनाको सम्पुर्ण बौद्धिक सम्पत्ति अमेरिकाको हुने, परियोजना निर्माण पछिको सक्कली डकुमेण्ट अमेरिकालाई बुझाउनु पर्ने, लेखा रिपोर्ट नेपालले गर्न नपाउने, त्यस्तै एमसीसीको प्रावधानमा अमेरिकी सुरक्षा ...
‘जनप्रतिनिधिमाथिको आक्रमण निन्दनीय’
राजनीति

‘जनप्रतिनिधिमाथिको आक्रमण निन्दनीय’

नेपाल अखबार, काठमाडौं । सांसद हेमकुमार राईले सोलुखुम्बुमा निरन्तर जनप्रतिनिधिमाथि आक्रमण र दुव्र्यवहार गरिएको जनाउँदै तत्काल दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले जनप्रतिनिधिमाथि आक्रमण गर्नेले नै जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई समेत अपहरण गरी ज्यान मार्ने धम्की दिएर गलत तवरले कागजात गराएको आरोप लगाउँदै दोषीहरु खुला हिँडिरहेको भए पनि कारवाही हुन नसकेको भनी आपत्ति जनाए । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गत जेठ ३२ गते आफ्नै कार्यकक्षमा रहिरहेका अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमाथि केही व्यक्तिले हातपात र दुर्व्यवहार गरेको उनले आरोप लगाए । गाउँपालिकाको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयबाट दुर्व्यवहार संलग्नलाई पक्राउ गरी सत्यतथ्य छानबिन गरेर कारवाहीको दायरामा ल्याउने प्रक्रिया शुरु भएको सांसद राईको भनाइ छ ।...
तातोपानी नाका नियमित सञ्चालन
अर्थ

तातोपानी नाका नियमित सञ्चालन

नेपाल अखबार, सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ । वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएता पनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए  । बाह्रबिसेमाथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधैँ रहन्छ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।रासस...
पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो
दुर्घटना

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो

नेपाल अखबार, बुटवल । तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । ४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेल परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । सोमबार दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हनेहरुमा पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका वडा नंं २९ ...
श्रमजीवी पत्रकारको अधिकारका लागि दबाब दिइँदै
समाचार

श्रमजीवी पत्रकारको अधिकारका लागि दबाब दिइँदै

नेपाल अखबार, काठमाडौं । नेपाल पत्रकार महासङ्घ र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले बन्दाबन्दीका समयमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य भएमा सैह्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिद्वारा आज आयोजित ‘कोरोना महामारीमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा’ विषयका भर्चुअल संवादमा महासङ्घका अध्यक्ष गोविन्द आचार्य र समितिका अध्यक्ष राजेन्द्र अर्यालले ठूला भनिएका सञ्चार गृहमै यस प्रकारको समस्या देखिएकाले सञ्चार उद्यमीसँग सार्थक संवादबाट समाधान नभए दबाबमूलक कार्यक्रम र कानूनी उपचारबाट श्रमजीवी पत्रकारलाई न्याय दिलाइने दृढता व्यक्त गरे । अध्यक्ष आचार्यले आवश्यक परेमा सञ्चार गृहमा जुलुस आयोजना र सञ्चार द्यमीको घरमा धर्नासम्म गरिने बताउँदै भने– ‘हाम्रो पहिलो शर...
गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू
प्रशासन, समाचार

गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू

नेपाल अखबार, काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ । त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।...
प्युठानमा १८ वर्षीया युवतीले क्वारेन्टिनमै जन्माइन् शिशु
समाचार, समाज

प्युठानमा १८ वर्षीया युवतीले क्वारेन्टिनमै जन्माइन् शिशु

नेपालअखबार, प्युठान।   प्युठानको एक क्वारेन्टिनमा बसेकी १८ वर्षीया युवतीले शिशु जन्माएकी छन्। मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्। क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा ल्याइएको थियो। स्वास्थ्य केन्द्रमै मंगबालर बिहान करिब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए। अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ। खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। पीसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए। खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकी थिइन्।...
२ जना मृतावस्थामा फेला
समाचार

२ जना मृतावस्थामा फेला

नेपाल अखबार, काठमाडौं । मकवानपुर र झापामा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३७ वर्षीय पवित्रमान श्रेष्ठ हेटौंडा उपमहानगरपालिका-१ भैरबडाँडास्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पौरखी टोलडेरा गरी बस्ने दार्जिलिङ घर भएका ५७ वर्षीय भिम हेमवाङ पनि आफ्नै कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री भय समाचार कक्षले जनाएको छ ।...