Sunday, July 26

Blog

पहिरोले बल्खु -हेटौँडा सडक पुनः अबरुद्ध
समाचार

पहिरोले बल्खु -हेटौँडा सडक पुनः अबरुद्ध

नेपाल अखबार,  हेटौँडा। हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो मार्ग हेटौँडा-बल्खु सडक पुनः अवरुद्ध भएको छ। गएराति मकवानपुरको भीमफेदी गाउँपालिकाको देउरालीमा पहिरो खसेपछि हेटौंडा -भीमफेदी–कुलेखानी-बल्खु सडक अबरुद्ध भएको हो। पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको मकवानपुर प्रहरीले जनाएको छ। एक सातायता पटकपटक पहिरो खस्दा यो सडक भएर निर्वाध गाडी चल्न सकेका छैनन्। पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पहिरोले सिस्नेरी- फाखेल सडक पनि अबरुद्ध छ। सिस्नेरी नजिकै पहिरो खस्दा कुलेखानीबाट सिस्नेरी हुँदै फाखेल जाने सडकमा पनि गाडी चलेका छैनन्।...
मंगलबारको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना
समाचार, समाज

मंगलबारको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा । मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको   सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ । यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक  वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।...
अस्ट्रेलियामा अलपत्र नेपाली उद्धार गर्न सुरु, आज आउँदै २५९ जना
प्रशासन, समाचार

अस्ट्रेलियामा अलपत्र नेपाली उद्धार गर्न सुरु, आज आउँदै २५९ जना

नेपाल अखबार, काठमाडाैंं। कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र नेपालीलाई फर्काउन सुरु गरिएको छ। आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्दैछन्। जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन्। नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ। फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ। प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ। जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भ...
पहिरो खसेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र
समाचार

पहिरो खसेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र

नेपाल अखबार, मेलम्ची ।  ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधि...
पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे
प्रशासन, समाचार, समाज

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे

नेपाल अखबार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बोर्डले छानविनका लागि कार्वाही प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ । के भएको थियो भर्चुअल बैठकमा ? कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न बोर्डले भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए । जुममा आयोजित भर्चुअल कार्यक्रम सुरु भएको केहीबेरमै पोर्न भिडियो बज्न थाल्यो । एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो । मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ अश्लिल भिडि...
सजना खातुन द्वारा राधाकृष्ण वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण
समाचार

सजना खातुन द्वारा राधाकृष्ण वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा १३ निवासी सजना खातुन द्वारा राधाकृष्ण  वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण  गर्दै   मानव सेवा नै धर्म   भएकाले  आज  वृद्धाआश्रमकाे सेवा गर्न पाउदा सुखि भएकी खातुनले आगामी दिनमा पनि आफ्नो    सहयोग रहने बताइन ।   पोखरा महानगरपालिका वडा ३३ राधाकृष्ण  मन्दिर र राधाकृष्ण  वृद्धाआश्रममा हाल ५१ जना वृद्धाहरू रहेकाछन् ।...
सुदूरपश्चिमका ७० प्रतिशत कोरोना संक्रमित युवा
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिमका ७० प्रतिशत कोरोना संक्रमित युवा

नेपाल अखबार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा माथिको संख्या १.४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । बालबालिकाहरुको सूचीमा बाजुरा जिल्ला, गौरी गंगा नगरपालिकाकी क्वोरन्टिनमै जन्मिएकी एक बालिका पनि रहेकी छिन् । कुल संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा बढी ४७६ अर्थात् करिब ४७ प्रतिशत रहेको छ । यस्तै ३०-३९ वर्ष उमेर समूहका २२८ अर्थात् २२.६४ प्रतिशत १०-२९ वर्ष उमेर समूहका १२१ अर्थात् १२ प्रतिशत, ४०-४९ वर्ष उमेर समूहका ८.४४ प्रतिशत र ५०-५९ वर्ष उमेर स...
पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो

नेपाल अखबार, काठमाडाैंं। पछिल्लो २४ घण्टामा ३ सय ७० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनाबाट निको भएको बताए। उनका अनुसार हालसम्म निको हुने संख्या २ हजार १ सय ४२ पुगेको छ। त्यस्तै, क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेका छन्। रसुवाबाहेक नेपालका ७६ जिल्लामा कोरोनाका बिरामी भेटिएका छन् भने आज कुनै पनि मृत्यु नभएको उनले बताए। त्यस्तै सरकारले १ लाख ८१ हजार ३ सय ७१ पीसीआर परीक्षण भएको जनाएको छ। त्यस्तै, २ लाख ६८ हजार १ सय ३ आरडीटी परीक्षण भएको छ।...
नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि

नेपाल अखबार , काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ५ सय ३५ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ९ हजार ५ सय ६१  पुगेको छ । गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो । नेपालमा संक्रमित मध्ये २  हजार १ सय ४२  जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ  गर्नेको संख्या ३ सय ७० रहेको छ  । नेपालमा कोरोना भाइरसबाट हालसम्म  २३ जनाको ज्यान गएको  छ ।...
पोखरामा सफल कौसी खेती
समाचार, समाज

पोखरामा सफल कौसी खेती

जमुनावर्षा शर्मा, पाेखरा । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थालेकी छिन् । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले चर्चा पनि पाउने गरेको छ । बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुन्छिन् । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, स...