Friday, July 24

Blog

आज शिवरात्रि ! देशभरका शिवालयमा भक्तजनको भीड
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आज शिवरात्रि ! देशभरका शिवालयमा भक्तजनको भीड

गाेरखा- महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५:४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८:३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको जनबिश्वास छ । पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएक...
विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका
प्रदेश ४, शिक्षा, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका

सामुदायिक विद्यालयका विद्यार्थाीलाई प्राथमिक उपचार सिकाउन पालुङटार नगरपालिकाले नयाँ अभियानको सुरुवात गरेको छ । उपप्रमुखसंग स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम कार्यक्रम अन्तरगत नगरपालिकाले सो अभियानको सुरुवात गरेको हो । १० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने अभियानको बुधबार एक कार्यक्रमका बिच भवानी माध्यामिक विद्यालयबाट नगरप्रमुख दिपकबाबु कडेंलले शुभारम्भ गरेका हुन् । ‘आकस्मिक हुने घटना र चोटपटकहरुमा समयमै सामान्य उपचार पाउदा पनि मानविय क्षती रोकिन्छ’ नगरप्रमुख कडेंलले भने ‘त्यस्ता सामान्य तरिका विद्यार्थीलाई सिकाएर समुदायसम्म यो कार्यक्रम पु¥याउने उदेश्यले अभियानको सुरुवात गरेका हौ ।’ पहिलो चरणको अभियान अन्तरगत माध्यामिक तहका विद्यार्थीलाई यो तालिम सिकाउने योजना नगरपालिकाको छ । कार्यक्रमले आकस्मिक रुपमा विद्यार्थी तथा शिक्षकहरुमा बेलाबखत आउने शारिरिक समस्याले समयमै सामान्...
७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियाे बाहिरिएकाे छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बाहिरिएकाे हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ। ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।  उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप ए...
मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम

काठमाडौं– पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखाकंन प्रस्ताव वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । तत्कालीन समयमा आर्थिक वर्ष ०७४/०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कामले गति लिन नसक्दा निर्धारित समय गुज्रेपनि आधासम्म काम भएको छैन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो मार्गलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो मार्ग हो । कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र कालोपत्रे भएको छ । याे समाच...
गायक कटुवाल तनहुँबाट पक्राउ
प्रदेश ४, मनोरञ्जन, समाचार, समाज

गायक कटुवाल तनहुँबाट पक्राउ

काठमाडौं । परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् । हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए । पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो । विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरुको समूहले होटेल व्यवसायी गुरुङमाथि आक्रमण गरेका थिए । विह...
गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’ (भिडि‌ओ सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’ (भिडि‌ओ सहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू ।’ गगन थापाले संसदमा सुनाएकाे ‘स्वस्थानी कथा’ यस्ताे छ । कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले...
परदेशमा भोगेको दुःखले मिल्यो स्वदेशमै उद्यमी गर्ने उत्प्रेरणा
अर्थ, कृषि, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

परदेशमा भोगेको दुःखले मिल्यो स्वदेशमै उद्यमी गर्ने उत्प्रेरणा

गोरखा । विष्णु मग्राती २०५६ साल ताका गाउँकै नवज्योती माध्यामिक विद्यालयमा शिक्षक थिए । गोरखा नगरपालिका–७ डण्डीडाँडाको उक्त विद्यालयको नीजि स्रोतमा झण्डै साढे ३ बर्ष पढाउदा उनलाई मनमा कत्ति सन्तोष मिलेन । सँगैका साथीभाई विदेश गएर कमाउन थालेपछि मग्रातीलाई प्रावि तहको तलब आँखा लाग्नै छाड्यो । त्यसपछि उनि पनि मलेशिया हानिए । धेरै पैसा कमाउने सपना बोकेर २०५९ सालमा मलेशिया गएका मग्रातीलाई विदेश पुगेपछि मात्र थाहा भयो प्रदेशीको पिडा । ‘न भाषा बुझ्ने, न काम जानेको, सुरुमा त लाटो जस्तै भइयो’ उनि सम्झनछन् ‘सुरुका केहि महिनाका रात त रोएरै कटाए, अहँ आँखा झिमिक्कै नलाग्ने ।’ बिस्तारै वातावरण सहज बन्दै त गयो तर जुन सपना बोकेर गएका थिए त्यहाँ पनि उनले त्यो सम्भावना देख्न छाडे । तर के गर्नु, जादाँ ऋण गरेका गएका उनलाई जसो तसो साहुको ऋण तिर्नुपर्ने बाध्यता पनि थियो । त्यति मात्रै होइन विदेश गएका छ...
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो जुनियर युवा रेडक्रस गोष्ठी
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो जुनियर युवा रेडक्रस गोष्ठी

गाेरखा । १० बुँदे घोषणापत्र जारी गर्दै ३० औं जुनियर युवा रेडक्रस गोष्ठी सकिएको छ । आइतबारबाट सिरानचोक गाउँपालिका–२ थालाजुङ्गको आहाल भञ्ज्याङ माविमा भएको कार्यक्रम सोमबार सकिएको हो । शिक्षक नायक सीताराम भट्टले जारी गरेको घोषणापत्र सर्वसम्वत पारित गर्दै गोष्ठी सकिएको रेडक्रस गोरखाले जनाएको छ । जुरेस समितिका जिल्ला संयोजक भिमसेनकाजी बानियाँको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रसका जिल्ला सभापती भगवानबाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आर्चाय, वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सदस्य खुसिमान गुरुङ, थालाजुङ्ग उपशाखा सभापती ओमबहादुर गुरुङ, पत्रकार कैलाशबाबु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक केशरसिंह बस्नेत, विद्यालय व्यवस्थापन समितिका धनबहादुर गुरुङ, शिक्षक अभिभावक सघंका अध्यक्ष जोगबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए...
बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका रिजाल र पन्त छुटे
प्रदेश ४, राजनीति, समाचार, समाज

बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका रिजाल र पन्त छुटे

गाेरखा । प्रहरी नियन्त्रणमा रहेका दुई व्यक्ति छुटेका छन् । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका गण्डकी गाउँपालिका–७ निवासी उक्त समूहका पूर्व जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रिजाल र शहिद लखन गाउँपालिका ४ का रोहितप्रसाद पन्तलाई प्रहरीले सोमबार रिहाई गरेको हो । माघ १० गते बिरेनचोकबाट पक्राउ परेका उनीहरुले उक्त समूहका कुनै पनि गतिविधिमा संग्लन नरहने प्रतिवद्धता जनाएपछि जिल्ला प्रशासन कार्यालयले तारेकमा छोड्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । उनीहरुले आम नागरिक सरह स्वतन्त्र एवं तटस्थ जीवनयापन गर्ने लिखित प्रतिवद्धता गरेका छन् ।...
जौवारीमा बन्यो ६ करोडको विद्यालय भवन
प्रदेश ४, शिक्षा, समाचार

जौवारीमा बन्यो ६ करोडको विद्यालय भवन

गोरखा । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएको परोपकार आदर्श मावि जौवारीमा नयाँ भवन बनेको छ । जापानी सहयोग नियोग जाइकाले करिब ६ करोड लागतमा दुई वटा पक्की भवन निर्माण गरिदिएको हो । नौ कोठा रहेको एउटा भवनमा कक्षा सञ्चालन गरिएको छ । अर्को ४ कोठे भवनमा भने कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय र इसिडी कक्षा रहेका छन् । नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले शिक्षाको बिकासमा सरकार लागि परेको बताए । भूकम्पले क्षतिगरेका विद्यालय भवन निर्माण सम्पन्न भएसँगै भौतिक पूर्वाधारको व्यवस्थापन भएको भन्दै उनले अब शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबैले जोड दिनु पर्ने उनको भनाई छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य एवं वडा अध्यक्ष झटकप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गा...