Friday, July 24

Blog

‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ
प्रदेश ३, राजनीति, समाचार

‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्। चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न पाइएको भन्दै महानगरीय अपराध महाशाखा टेकुको टोलीले हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनीसँगै सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विक पनि पक्राउ परेका छन्। उनीहरू अहिले महाशाखाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुवै जनामाथि केही दिन अनुसन्धान गरिने महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।...
बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला
विदेश, समाचार

बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला

काठमाडौं –  भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमको कटु आलोचकका रुपमा चिनिन्छिन् । विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको बीबीसीले जनाएको छ । सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् । उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो ।...
क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए
विदेश, समाचार

क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए

अफ्रिकी मुलुक क्यामरुनमा भएको हिंसामा गर्भवती महिला र बालबालिकासहित कम्तीमा २२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी क्यामरुनको न्टुम्बो गाउँमा हिंसा मच्चिएको हो । मृत्यु हुनेमा एकजना गर्भवती महिला र १४ जना बालबालिका छन् । तीमध्ये ९ जना ५ वर्ष मुनीका रहेको जनाइएको छ । हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् । समाचारमा जनाइएअनुसार ठूलो सङख्यामा आएका बन्दुकधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए । त्यसपछि उनीहरुले गाउँमा नै आगो लगाइदिएको एएफपीले जनाएको छ । मारिनेमध्ये अधिकांशलाई जिउँदै जलाइएको थियो । आक्रमणको जिम्मा कुनै समूहले लिइसकेको छैन । यद्यपि विपक्षी दलले भने आक्रमणमा क्यामरुनका सेनाको हात रहेको आरोप लगाएको छ । क्यामरुनको सेनाले भने त्यहाँ भएको हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन ।...
के भनेका छन् महराले विज्ञप्तीमा ? हेर्नुस्
राजनीति, समाचार, हाइलाइट-समाचार

के भनेका छन् महराले विज्ञप्तीमा ? हेर्नुस्

काठमाडौं- बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट रिहाइ भएका पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकता रहेको बताएका छन् । सोमबार डिल्लीबजार कारागारबाट रिहाइ भएपछि उनले विज्ञप्ति जारी गर्दै आफूलाई सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’ उनले  यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने म...
पेट्रोल र डिजेलको मुल्य घट्यो
अर्थ, समाचार, हाइलाइट-समाचार

पेट्रोल र डिजेलको मुल्य घट्यो

काठमाडौं-  नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँ घटाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको नेपाल आयल निगमले जनाकारि दिएको हो । निगमले यस अघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । यता, एलपी ग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मुल्य १४ सय पुगेको छ ।...
'प्रथम सहिद लखन साझा विभूति'
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज

'प्रथम सहिद लखन साझा विभूति'

पोखराका मेयर मानबहादुर जिसीले नेपालका प्रथम सहिद लखन थापामगर नेपालका साझा विभूति भएको बताएका छन् । प्रथम सहिद लखनको १ सय ४३ औं स्मृति दिवसमा पोखरामा नेपाल मगर संघ कास्कीले आयोजना गरेको स्मृतिसभामा मेयर जिसीले लखन थापा कुनै समुदाय विशेषको मात्र सहिद नभएको उल्लेख गरे । देश र जनताका लागि आफ्नो प्राणको आहुति दिने थापामगर पहिलो सहिद भएको बताउँदै उनले महानगरले आवश्यक सहयोग उपलब्ध गराउने बताए । सहिदका सपना पूरा गर्न नसके सहिदको रगतले सराप्ने भन्दै मेयर जिसीले देशलाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउने अभियान पूरा गर्न सकेमात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे । विद्यमान समस्याको समाधानका लागि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै अब पनि केही नगर्ने हो भने सहिदको अपमान हुने भनाइ राखे ।...
महराले पाए अदालतबाट सफाइ, फुलमाला सहित कारागारबाट बिदाइ
राजनीति, समाचार, हाइलाइट-समाचार

महराले पाए अदालतबाट सफाइ, फुलमाला सहित कारागारबाट बिदाइ

काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख महरालाई सफाइ दिएको हो। जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । महरामाथि संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाागेको थियो। महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।...
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्दै, आजै शपथ
राजनीति, समाचार, हाइलाइट-समाचार

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्दै, आजै शपथ

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
प्रजातन्त्र दिवशमा ३ दिनसम्म कार्यक्रम हुने
प्रदेश ४, समाचार, समाज

प्रजातन्त्र दिवशमा ३ दिनसम्म कार्यक्रम हुने

गोरखा । ७० आंै राष्ट्रिय प्रजातन्त्र दिवश तथा चौथो निर्वाचन दिवश विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाहरुको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कायृक्रम गर्न दिवश मनाउने निर्णय गरेको हो । दिवश मनाउनका लागि जिसस प्रमुख गुरुङको संयोजकत्वमा ७० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । फागुन ६, ७ र ८ गते सम्र्पूण सरकारी तथा गैरसरकारी कार्यालयहरुको सरसफाई गर्ने, साँझ दिपावली तथा दिप प्रज्वलन गर्ने, ७ गते गोरखाको पुरानो बसपार्क देखि जिसस हलसम्म प्रभातफेरी कार्यक्रम गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका दिपक गुरुङले जानकारी दिए । यसैगरी प्रजातन्त्रसँग सम्बन्धी लेख रचना प्रकाशन तथा परिसम्बाद कार्यक्रम गर्न सञ्चार माध्यमलाई आग्रह गर्ने पनि निर्णय भएको छ । प्रजातन्त्र दिवशको सन्र्दभमा आफ्नो घर आँगन सफ...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने
खेलकुद, प्रदेश ४, समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने

गोरखा । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता चैत महिनामा गर्ने निर्णय भएको छ । जिल्ला भित्रका अन्तरपालिका माध्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता चैतको २५, २६ र २७ गते सिरानचोक गाउँपालिकामा गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सो प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाका स्वर्ण र रजत पदक बिजेता विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा भलिबल कबडी, एथलेटिक्स् र मार्सलआर्ट विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । बैठकले फागुन मसान्त भित्र सबै पालिकाले प्रतियोगिता गरी जिल्ला खेलकुद बिकास समितिमा बिजेता खेलाड...