गोरखा दरबार पुर्ननिर्माण अलपत्र : काम गर्ने भन्दा समय थप्ने दाउमा ठेकेदार
गोरखा । गोरखा दरवार पुर्ननिर्माणको काम अलपत्र परेको छ । भूकम्पले चर्किएको दरवार दुई बर्षभित्र पुर्ननिर्माण सक्नेगरी २०७४ कार्तिकमा पचली भैरव शिभाको जेभीसंग सम्झौता भएको थियो ।
तर पुर्ननिर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने समय गत मंसिरमा सक्किएर पुरातत्व विभागले ६ महिना म्याद समेत थपिसकेको छ । तैपनि दरवारको एक तला समेत पूरा हुन सकेको छैन ।
गत पुष ४ गते विभागले ठेकेदार कम्पनीलाई ६ महिना म्याद थप्ने निर्णय गरेको थियो । म्याद थप भएपछि काममा प्रगती देखिने विभागको आशा थियो तर त्यसो हुन सकेन ।
‘तिहारपछि फिल्डमा खासै कामै हुन सकेको छैन’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरीप्रसाद भुषालले भने ‘म्याद थपको समय पनि करिब डेढ महिनाभन्दा बढि बितिसकेको छ, फिल्डमा ३५ प्रतिशत जति काम भएको होला, हाम्रो अपेक्षा उल्टो भइरहेको छ ।’
हालसम्म पहिलो तलाको करिब ८० प्रतिशत काम मात्रै सकिएको छ । थप भए...



