इनरुवाका सुनचाँदी व्यवसायी पप्पु गाँजाको तस्करीमा जयकाली ज्वेलर्सका सञ्चालक ठूलो परिमाणको गाँजासहित भारतमा पक्राउ न्यू जलपाइगुडीबाट प्रशान्त आचार्यको सहयोगमा
इकबाल अहमद ,इनरुवा। लामो समयदेखि इनरुवामा सुनचाँदीको व्यवसाय गर्दै आएका इनरुवास्थित जयकाली ज्वेलर्सका सञ्चालक निरज साह उर्फ पप्पु ठूलो परिमाणको गाँजासहित भारतको पश्चिम बंगालस्थित न्यू जलपाइगुडीमा पक्राउ परेका छन् । पुस २९ गते अबेर पक्राउ परेका उनी हाल भारत पश्चिम बंगाल मैनागुडी थानाअन्तर्गत हिरासतमा छन् ।
उक्त दिन इनरुवाबाट विराटनगर हुँदै भारत प्रवेश गरेका निरज सवार बिआर ५० एक्स ७४७५ नम्बरको गाडी भारतको सो क्षेत्रमा त्यहाँको सुरक्षाकर्मीले चेकजाँच उक्त गाडीमा झण्डै २४ किलो गाँजासँगै दुई जनालाई पक्राउ गरेका थियो । पक्राउ पर्नेमा जयकाली ज्वेलर्स इनरुवाका सञ्चालक साह र उनका भतिजा नाता पर्ने एक जना समेत छन् । ठूलो परिमाणको गाँजासहित पक्राउ परेका उनीहरुविरुद्ध त्यहाँको मैनागुडी प्रहरी कार्यालयले एफआईआर नम्बर २० बि सी २५, २९ अनुसार अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान सुरु गरेको त...








