Wednesday, July 29

अपराध

जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन् । उनले बुधबार बिहान साढे १ बजे अमरसिंह खेल मैदानमा पार्किङ गरेको ग२च २३४३ नम्बरको बोलेरो जिप चोरेका हुन् । उनले जिप लिएर जाँदै गर्दा पोखरा १४ समिनतराबाट जिपसहित पक्राउ गरिएको हो । उनले जिप चलाइरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।परियारलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ६ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यसअघि पोखराबाटै बस चोरी भएको थियो ।...
श्रीमतीको हत्या गरि फरार रहेका कुरुम्बाङ पक्राउ
अपराध, समाचार

श्रीमतीको हत्या गरि फरार रहेका कुरुम्बाङ पक्राउ

नेपालअखबार, पाँचथर। खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरि फरार रहेका  पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् । हाङ्गुमको पखरे टोलमा शनिबार विहान पक्राउ गरिएको प्रहरी इस्पेक्टर दिवक कुँवरले जानकारी दिए । बाटोमा हिड्दै गरेको अवस्थामा शनिवार विहान ७ः४० बजेको समयमा पक्राउ परेका हुन् । उनलाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासु र छिमेकीलाई गम्भिर घाईते बनाएर फरार भएका थिए । ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाईते भएका थिए ।...
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
अपराध, प्रशासन, समाचार

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

नेपालअखबार, चितवन। गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गणेश कुमाल,  चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो। सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए । यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा  वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गत...
काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार
अपराध, समाचार

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

नेपालअखबार, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’...
काठमाडौँमा १५ वर्षीया किशोरी बलात्कृत
अपराध, समाचार

काठमाडौँमा १५ वर्षीया किशोरी बलात्कृत

नेपालअखबार, काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । तामाङले ती किशोरीलाई  भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
अपराध, समाचार, समाज

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

नेपालअखबार, मन्थली (रामेछाप) । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए ।रासस...
२५ किलो चरेससहित काठमाडौंबाट दुईजना पक्राउ
अपराध, समाचार

२५ किलो चरेससहित काठमाडौंबाट दुईजना पक्राउ

नेपालअखबार, काठमाडाैं। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ। पच्चीस किलो चरेस करोबार गरिरहेको बेला शनिबार उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ छन्।एन् ‘सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने। यसैबीच अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए।...
चोरी गर्ने र चोरीको गहना किन्ने सुन पसलेसहित ६ जना पक्राउ
अपराध, प्रशासन, समाचार

चोरी गर्ने र चोरीको गहना किन्ने सुन पसलेसहित ६ जना पक्राउ

नेपालअखबार, काठमाडाैं। काठमाडौंमा रातको समयमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौंका शम्भूमार्गस्थित भगवती श्रेष्ठको घरबाट १ तोला सुन र १ लाख ८० हजार रूपैयाँ चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला राजापुर थाना घर भई हाल काठमाडौंको तिलगंगा बस्ने १९ वर्षीय फ्रुटी भनिने किशोर गिरी, भारतको बिहार राज्य समस्तीपुर जिल्ला ग्राम घर भई तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार र भारतको बैसालीको उखिमारपुरका १८ वर्षीय घुच्की भन्ने संजीव बाँनिया (पोदार छन्) उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार गत कात्तिक ५ गते काठमाडौं महानगरपालिका-९ विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेराबाट सुनका गरगहना र नगद गरी १३ लाख ५८ हजार बराबरको धनमालको चोरीमा पनि गिरी र...
बैङ्किङ कसुरमा ७ करोड ९७ लाख बिगो कायम भएका प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार

बैङ्किङ कसुरमा ७ करोड ९७ लाख बिगो कायम भएका प्रतिवादी पक्राउ

नेपालअखबखर, काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी घर भएका ३२ वर्षीय शेर बहादुर मगर छन् । शेर बहादुरलाई ललितपुर महानगरपालिका–१५ स्थित हात्तिवनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनिबारे विभिन्न अदालतबाट बैङ्किङ कसुर मुद्दा फैसला भएर जरिवाना र कैद भुक्तान हुन बाँकी रहेको पाइएको छ । मगरलाई फैसला कार्यान्वयनका लागी प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।...
सार्वजनिक यातायातमा गलत नियतले महिलालाई छुने पुरुषलाई एक दिन जेल
अपराध, विदेश, समाचार, समाज

सार्वजनिक यातायातमा गलत नियतले महिलालाई छुने पुरुषलाई एक दिन जेल

नेपालअखबार, काठमाडौँ । सार्वजनिक यातायातमा गलत नियतले महिलाका अङ्ग छोएको आरोपमा एक पुरुषलाई भारतको एउटा अदालतले एक दिनको जेल सजाय सुनाएको छ । मुम्बईको लोकल रेलमा महिलालाई गलत नियतले छोएको आरोपमा अदालतले एक जना पुरुषलाई एक दिनका लागि जेल सजाय तोकेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना १३ अगस्ट २०१९ मा भएको थियो । स्थानीय समयानुसार बिहान ९ः२४ बजेदेखि ९ः२८ बजेभित्र बान्द्रा रेलवे स्टेशनमा उक्त घटना भएको थियो । घटना भएको दिन पीडित महिला आफ्नो भाइसँग चर्चगेट फास्ट लोकल ट्रेनमा यात्रा गर्दै थिइन् । दादर रेलवे स्टेशनमा उत्रिनका लागि ढोका छेउमा उभिएको समयमा आरोपितले ती महिलाको अङ्गमा छोएका थिए । महिलाले विरोध गरेपछि ती पुरुषले माफी मागेको तर केहीबेरमा फेरि उनले त्यस्तै हरकत गरेका थिए । त्यसपछि आरोपितलाई ती महिला र उनका भाइले समातेर प्रहरीसमक्ष बुझाएर उजुरी गरेका थिए ।...