Tuesday, April 21

अर्थ

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
अर्थ, कृषि, समाचार

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

नेपालअखबार,म्याग्दी । दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । ‘न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो’, उनले भने, ‘सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।’ परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् । असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताए । ‘ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले ...
विदेशी लगानी भित्र्याउने विषयमा छलफल
अर्थ, समाचार

विदेशी लगानी भित्र्याउने विषयमा छलफल

नेपालअखबार,काठमाडाैँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिती (सीएनआई) का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत  चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणी पौडेलिबच मंगलबार महत्वपूर्ण छलफल भएको छ।छलफलमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीति,उत्पादनशील क्षेत्रहरू र प्रविधि स्थानन्तरणहरुमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो  । पौडेलले पोर्चुगलमा रहेका नेपाली समुदायको समस्या समाधानमा नेपाली दूतावास सक्रिय रूपमा लागेको जानकारी दिए। उनले नेपाली आप्रवासीहरूको हकहित र कल्याण सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेको र पोर्चुगलमा नेपाली उत्पादनहरूक...
एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी
अर्थ, कृषि, समाचार, समाज

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

नेपालअखबार, झापा ।  विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभएको हो । उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ ख...
रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने
अर्थ, समाचार

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

नेपालअखबार,नुवाकोट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो । “गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ”, मन्त्री दाहालले भने, “रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।”...
एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ
अर्थ, कृषि, समाचार, समाज

एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ

नेपालअखबार,कैलाली । टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख मुनाफा कमाएका छन् । उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरेका थिए । जसमा १५ लाख रुपैयाँ मुनाफा कमाएको उनको भनाइ छ । ‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’ धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् । चौध वर्षदेखि केराखेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । ‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन ग...
त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य
अर्थ, प्रशासन, समाचार

त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य

नेपालअखबार, नवलपरासी। ६ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ। भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन। विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ। फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो। संघीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ। त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्स...
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
अर्थ, समाचार, समाज

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

नेपालअखबार,गण्डकी । पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनि...
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
अर्थ, कृषि, समाचार, समाज

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

नेपालअखबार,झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ । नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन...
कोकाकोलाले सरकारलाई तिर्यो ७८ करोड बक्यौता कर
अर्थ, कर्पोरेट, समाचार

कोकाकोलाले सरकारलाई तिर्यो ७८ करोड बक्यौता कर

नेपालअखबार,काठमाडौं । बोटलर्स नेपाल (तराई)ले सरकारलाई तिर्न बाँकी रहेको ७८ करोड ६ लाख रूपैयाँ कर तिरेको छ। कम्पनीले कोकाकोला उत्पादन गर्दै आइरहेको छ। बजेटमा दिइएको सुविधा अनुसार कम्पनीले बक्यौता कर तिरेको हो। आर्थिक ऐन २०८२ ले ‘स्वामित्व परिवर्तन भई करारोपण भइसकेको बासिन्दा निकायको हित रहेको नेपालको अर्को बासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई वक्यौता रहेको भएमा त्यस्तो निकायले २०८२ साल असार मसान्तसम्ममा निर्धारित कर रकम दाखिल गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको व्याज र शुल्क मिनाहा हुने’ उल्लेख गरेको छ। कर तिरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जमा गराएको हो।...
कास्कीका किसानले पाएनन् दुधको भुक्तानी
अर्थ, कृषि, समाचार

कास्कीका किसानले पाएनन् दुधको भुक्तानी

नेपालअखबार,पोखरा ।‘एक किलो दानालाई ६३ रुपैयाँ पर्छ । हामीले ६४ रुपैयाँमा दुध बेच्छौँ । २ रुपैयाँमा घरबार चल्छ ?,’ लाहाचोकका व्यावसायिक दुध किसान कृष्णप्रसाद अधिकारीले सरकारसँग प्रश्न गरे । उनले उत्पादन लागतभन्दा कम मूल्यमा दुध बेच्न बाध्य भएको गुनासो गरेका छन् । मूल्यको समस्या पनि उत्तिकै चर्को छ । किसानले प्रतिलिटर ६५ रुपैयाँमा बेच्ने दुध उपभोक्ताले १ सय ४० रुपैयाँसम्म तिरेर किन्नुपर्ने अवस्था छ । ‘हामी ६५ रुपैयाँमा बेच्छौँ । बिचौलियाले ठुलो नाफा खाएको छ । उपभोक्ताले त्यही दुधलाई १ सय ४० रुपैयाँसम्म तिर्छन्,’ उनले भने, ‘किसान र उपभोक्ता दुवै मारमा परेका छौँ । बिचौलिया मोटाएका छन् ।’ अर्का किसान कृष्णप्रसाद अधिकारीले विक्री भएको दुधको भुक्तानी ठुला डेरी उद्योगले महिनौँसम्म नदिँदा पलायन हुनुपर्ने अवस्था आएको बताए ।‘हामीले उद्योगलाई दुध दिन्छौँ । तर उनीहरूले तीन–चार महिनासम्म भुक्तान...