Tuesday, April 21

अर्थ

६१ स्थानीय तहले अझै ल्याउन सकेनन् चालु आर्थिक वर्षको बजेट
अर्थ, राजनीति, समाचार

६१ स्थानीय तहले अझै ल्याउन सकेनन् चालु आर्थिक वर्षको बजेट

नेपालअखबार,काठमाडौँ । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपम...
सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुग्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुग्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको हो ।...
आजदेखि भारतमाथि ५०% अमेरिकी कर
अर्थ, विश्व, समाचार

आजदेखि भारतमाथि ५०% अमेरिकी कर

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९:४५ बजेदेखि लागू भएको हो।पहिले भन्सार दर २५ प्रतिशत थियो । अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानहरूमा यो बढेको शुल्क लाग्नेछ।’ भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको कारण ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएको छ। यता, भारतले ट्रम्पको यो निर्णयलाई 'अनुचित, अनुचित र तर्कहीन' भनेको थियो। भारतमाथि अमेरिकी भन्सार अप्रिल २०२५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरे तर पछि यो निर्णय ९० दिनको लागि स्थगित गरियो। जुलाई २०२५ : राष्ट्रपति ट्रम्प...
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
अर्थ, समाचार

नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो

नेपालअखबार,काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो पटक २६ साउनमा भारत सरकारले २०० मेगावाटका लागि अनुमति प्रदान गरेकोमा विहीवार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ । यो अनुमति दुईपक्षीय सम्झौता...
बागलुङमा एउटै खोलामा ६ जलविद्युत् आयोजना
अर्थ, प्रविधि, समाचार

बागलुङमा एउटै खोलामा ६ जलविद्युत् आयोजना

नेपालअखबार,  बागलुङ। बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ। ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन्। सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ। यो निजी कम्पनीले बनाएको पहिलो आयोजना होे। यसअघि समुदायको प्रयासमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए । सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन्।  जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन्। पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय...
अलैँचीको भाउ सात वर्ष यताकै उच्च
अर्थ, कृषि, समाचार

अलैँचीको भाउ सात वर्ष यताकै उच्च

नेपालअखबार,झापा। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठुलो बजार बिर्तामोडमा साेमबार प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य रु एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन रु एक लाख सात हजार पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची रु एक लाख २० हजारसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन । भदौ–असोजतिर भाउ धेरै हुनु ...
जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
अर्थ, कृषि, समाचार

जनप्रतिनिधिको व्यावसायिक स्याउखेती

नेपालअखबार,बागलुङ । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए ।  रोकाको हाल १४० बोट  छन् जसले  फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”स्याउखेतीका निम्ति उनले रु एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए। कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने ...
युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा
अर्थ, कर्पोरेट, बजारमा नयाँ, समाचार

युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा

नेपालअखबार,काठमाडौं । युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने उद्देश्यका साथ स्थापना पाकशाला सञ्चालनमा आएको हो । युवाहरूलाई दक्षता तालिम दिँदै आत्मनिर्भर साथ स्वरोजगार बनाउनुका लागि पाकशाला करिब ३महिना अघि देखि थापागाउमा सञ्चालनमा आएको सञ्चालक आकाश पन्तले बताउनु भयो । सफलताको कथा लेख्नका लागि सिप सिकौँ भन्ने मूल नाराका साथ पाकशालामा विधार्थीहरुका लागि बरिस्ता, सुशी, बेकरी १ देखि ३ महिना सम्मका पाठ्यक्रम रहेको छ । यसै गरि ६महिनाको डिप्लोमा पाठ्यक्रम रहेको छ भने ६महिना इन्टर्नसिप गर्ने व्यवस्था रहको छ ।  पाकशालामा क्याफे पनि सञ्चालनमा रहेको छ । सञ्चालक आकाश पन्तभन्नु हुन्छ  “ एक पटक हाम्रोमा आउनु भएको ग्राहक कफि पिउन फेरी पनि आउनु हुन्छ यहि नै हाम्रो सन्तुष्टि रहेको बताउनु भयो ”। स्वदेशमा पनि काम गर्ने चाह भए सम्भावनाहरु छन् भन्ने सोचका साथ उमेश खड्का, रुद्ध बहादुर रावत र मेरो ...
नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारतको सहमति
अर्थ, समाचार

नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारतको सहमति

नेपालअखबार, काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेवामा थप २०० मेगावाट निर्यात गर्न सहमति दिएको छ । अब नेपालबाट यस अघि अनुमति प्राप्त ८१०.९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ । बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ  । पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुने छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैय...
राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा घटेर ४ खर्ब
अर्थ, समाचार

राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा घटेर ४ खर्ब

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा ४ खर्बमा झरेको छ । शुक्रबार स्थायी निक्षेप सुविधाको साढे २ खर्ब फिर्ता भएसँगै केन्द्रीय बैंकमा रहेको बक्यौता रकम घटेको हो । शुक्रबार केन्द्रीय बैंकसँग निक्षेप संकलन उपकरण मार्फत खिचेको पैसा ४ खर्ब १५ अर्ब मात्रै बक्यौता रहेको हो । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बजार माग बढ्न सकेको छैन । बजार माग नबढेपछि उपभोग पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत अपेक्षा अनुसार बढ्न सकेको छैन । रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आए पनि उपभोगमा सुधार नआउँदा वित्तीय प्रणालीमा अधिक तरलता समस्या देखिएको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर घट्ने गर्छ । अन्तरबैंक दर घट्दा समग्र ब्याजदरलाई पनि असर गर्छ । त्यसका लागि केन्द्रीय बैंकले ब्याजदर करिडोर लागु गरेको छ...