‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’
नेपालअखबार,पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो ।
कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले पुँजीगत लगानी गर्न नसक्ने अवस्था आउने र सेवा विस्तार, सुधार र ग्राहकहरुलाई गुणस्तरमा पनि प्रभाव पार्न सक्ने कम्पनीहरु बताउँछन् ।
“टेलिकम कम्पनीहरुको आम्दानी घटिरहेको छ, सरकारलाई बुझाउने राजश्वमा गिरावट छ । फाइभजीका लागि दुई दूरसञ्चार कम्पनीले अबको २–३ वर्षमा झण्डै ६० अर्ब लगानी गर...










