Sunday, August 23

अर्थ

दसैं–तिहारलाई कोसेली कर्णालीको स्याउ
अर्थ, कृषि, समाचार, समाज

दसैं–तिहारलाई कोसेली कर्णालीको स्याउ

नेपालअखबार,नेपालगन्ज। कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैं–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ। आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ। नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैंमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए। ‘सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैं–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ,’ उनले भने, ‘विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ।’ नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मंगलीमाया श्रेष्ठले यस वर्षको दसैंम...
अमेरिका निर्यात हुन्छ बागलुङको छुर्पी
अर्थ, समाचार, समाज

अमेरिका निर्यात हुन्छ बागलुङको छुर्पी

नेपालअखबार,बागलुङ। पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ। वार्षिक ८ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार ४१० को छुर्पी अमेरिका निर्यात गरेको हो। दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ। 'दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ,' गौतमले भने। दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट स...
मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट
अर्थ, प्रशासन, विदेश, समाचार

मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट

नेपालअखबार, काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए । ‘सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’ नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान...
सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो
अर्थ, समाचार

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो

नेपालअखबार,काठमाडौँ । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार यस्तो मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।...
बाख्रापालनबाट आम्दानी बढाउँदै बाँकेका महिला
अर्थ, कृषि, समाचार, समाज

बाख्रापालनबाट आम्दानी बढाउँदै बाँकेका महिला

नेपालअखबार,बाँके । बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेमा रहेका १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले ३ करोड रुपैयाँ बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिीका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या गुरुङले जानकारी दिइन् । ‘दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीको लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री गर्ने गरेका छौं’, व्यवस्थापक गुरुङले भनिन्, ‘यो वर्षको दसैँमा खसीबोका बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ, अब तिहारमा पनि सोही गतिमा बिक्री गर्ने हुने ठानेका छौँ ।’ राप्तीसोनारीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ३३ लाख रुपैयाँ बराबरका दुई सय २२ खसीबोका बिक्री भएका छन् । यस...
दूध बेचेर करोडौं कमाउँछन् दुई पालिकाका किसान
अर्थ, कृषि, समाचार, समाज

दूध बेचेर करोडौं कमाउँछन् दुई पालिकाका किसान

नेपालअखबार,बागलुङ।  बागलुङका दुई पालिकाका किसानले दूध बेचेर बर्सेनि करौडौं भित्र्याउँछन्। दुई पालिकाहरू काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा मात्रै १४ वटा दूग्ध सहकारी छन्। सहकारीमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा दूध बेचेर मात्रै ७ करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्। दुई पालिकाका १४ दूग्ध सहकारीमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन्। काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताए। सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन् । दुग्ध किसान मणिभद्र ...
दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा
अर्थ, समाचार, समाज

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

नेपालअखबार,काठमाडौँ  । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो । दसैँको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्र...
सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह!
अर्थ, समाचार

सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह!

नेपालअखबार, काठमाडौं ।विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन्। सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो। टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन्। हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनी  आजभोलि खासै गहना लगाउँदिनन्। 'विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्थ्यो,' उनले भनिन्, 'तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन्।' घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन्। अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन्। एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ। जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगा...
दसैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
अर्थ, समाचार, समाज

दसैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

नेपालअखबार, काठमाडौँ । बडादसैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्। यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो। यसअघ...
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो
अर्थ, समाचार, समाज

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...