Monday, August 3

अर्थ

आज सुनको मूल्य फेरी बढयाे
अर्थ, समाचार

आज सुनको मूल्य फेरी बढयाे

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो । महासंघका अनुसार आज २ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । गत साताको शुक्रबार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ ।...
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी
अर्थ, समाचार

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

नेपालअखबार,काठमाडाैं। सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ। कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत...
सुनको मूल्य फेरी बढ्यो
अर्थ, समाचार

सुनको मूल्य फेरी बढ्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँ छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ ।...
नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाई आग्रह
अर्थ, विदेश, समाचार

नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाई आग्रह

नेपालअखबार, जापान ।  जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।  एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो । कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास,फुकुओका अबैतानिक बाणिज्य दूतावास,मोरिकोसान कम्पनी,ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।  अनलाइन र प्रत्यक्ष उपस्थितिम...
लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छ : अर्थमन्त्री
अर्थ, राजनीति, समाचार

लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छ : अर्थमन्त्री

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो । लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उनले दिए । मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्त...
वीरगञ्ज भन्सारबाट ८ महिनामा १ खर्ब मात्र राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्र
अर्थ, प्रशासन, समाचार

वीरगञ्ज भन्सारबाट ८ महिनामा १ खर्ब मात्र राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्र

नेपालअखबार, वीरगञ्ज (पर्सा) । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताए । ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’ भन्सार कार्यालयले सरदर दैनिक ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२...
भारतमा न्यूनतम तलबको सट्टामा अब जीवन निर्वाह तलब
अर्थ, विदेश, समाचार

भारतमा न्यूनतम तलबको सट्टामा अब जीवन निर्वाह तलब

नेपालअखबार, नयाँ दिल्ली । भारतले न्यूनतम तलबको व्यवस्था हटाउने भएको छ । सन् २०२५ देखि भारतले यसको सट्टामा जीवन निर्वाह तलब शब्दको प्रयोग गर्ने भएको छ । यसका लागि भारत सरकारले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)सँग प्राविधिक सहायता खोजिरहेको छ । जीवन निर्वाह तलब भनेको कुनै पनि कामदारलाई उसको आधारभूत आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम तलब नै हो । तर यसको निर्धारण घर भाडा, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडा आदि पक्षहरूमा कामदारले  गर्नु पर्ने खर्चबारे विचार गरेर जीवन निर्वाह गर्न पुग्ने गरी तलब निर्धारण गर्ने प्रयास गरिनेछ । आईएलओले यो महिनाको सुरुमा जीवन निर्वाह तलबलाई अनुमोदन गरेको थियो । एक वर्षमा आफूहरू न्यूनतम तलबलाई छाडेर जीवन निर्वाह तलबलाई चलाउने भारत सरकारका एक वरिष्ठ अधिकारीले बताएको भन्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा समाचार छापिएको छ ।...
मन्दीमा फसेको बेलायती अर्थतन्त्रमा सुधार
अर्थ, विश्व, समाचार

मन्दीमा फसेको बेलायती अर्थतन्त्रमा सुधार

नेपालअखबार, एजेन्सि । जनवरीमा बेलायतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) शून्य दशमलव २ प्रतिशतले बढेको छ । बुधवार त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीडीपी बढेको हो । निर्माण क्षेत्रको उत्पादन अपेक्षा गरिएभन्दा धेरैले बढेपछि बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडिएको हो । वृद्धिको यो आकार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न भएका अर्थशास्त्रीहरूले बताएकै हाराहारी हो । डिसेम्बरमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको थियो । गएको वर्षको उत्तरार्द्धमा बेलायती अर्थतन्त्र मन्दीमा गएको थियो । ओएनएसका अनुसार समीक्षा अवधिमा निर्माण क्षेत्रको उत्पादन १ दशमलव १ प्रतिशतले बढेको थियो । जनवरी महिनामा बढेको भए पनि जनवरीसम्मको तीन महिनामा भने आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतले घटेको अनुमान गरिएको छ । एक वर्ष अघिको सो...
नेपालमा सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
अर्थ, राजनीति, समाचार, समाज

नेपालमा सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेका छन् । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे । विश्व बैंक नेपालको ठूलामध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ थियो । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए । ‘कतिपय आन्तरिक र कतिपय वाह्य कारण अर्थतन्त्र केही दबाबमा छ,’ पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गर...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो
अर्थ, समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।...