Monday, August 3

अर्थ

लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित
अर्थ, कृषि, समाचार, स्वास्थ्य

लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित

नेपालअखबार, । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ। ‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।’ ‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सब...
महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री
अर्थ, कृषि, समाचार

महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री

नेपालअखबार, विराटनगर । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा बेलबारी ९ मा स्थापना भएको आरजु राइस मिलले धान खेतीमा ‘क्रान्ति’ ल्याएको छ । मिलको प्रत्यक्ष निगरानी र सहयोगमा झापा, मोरङ र सुनसरीका ३ हजार किसानले राम धान लगाएका छन् ।  उक्त धानबाली लगाएसँगै उत्पादनमा वृद्धि भएको छ । यसअघि मुस्किलले प्रतिकट्टा ४ मन धान फल्ने खेतमा उक्त धान ७ मनसम्म फलिरहेको छ । जसका कारण यसभेगको किसानले दुई बाली हिउँदे र वर्षे धान लगाइरहेका छन् भने किसानको आम्दानी दुई गुणाले बढेको छ । आरजु राइस मिल किसानकै बीचमा गएर स्थापना गरिएको छ । यसले गर्दा किसानले बजारको लागि बिचौलियाको गोलचक्करमा फस्नु परेको छैन । आरजु राईस मिलले धान उत्पादनमा किसानलाई सहयोग पनि गरिरहेको छ । सँगसँगै सरकारले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा धान खरिद गरिदिएको छ । त्यो पनि किसानको खेतमै ...
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ, प्रशासन, समाचार

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन गर्नुपर्ने वा नयाँ तर्जुमा गर्नुपर्ने भएमा अर्थ म...
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित
अर्थ, कृषि, समाचार, समाज

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

नेपालअखबार, काठमाडौँ । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले जानकारी दिए । आफ्ना माग बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको उनले जानकारी दिए । उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला रु पाँच सय ७७ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत रु चार सय ३७ मात्र दिइरहेका छन् । श्रमिक सङ्गठनले नेपाल चिया उत्प...
मस्कले भने- ट्वीटरको कमाइ आधाले घट्यो
अर्थ, विश्व, समाचार

मस्कले भने- ट्वीटरको कमाइ आधाले घट्यो

नेपालअखबार, काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’ उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् । टेस्ला र स्पेसएक्स जस्ता बिख्यात कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेदेखि नै ट्वीटरको स्थिति सम्हालिन सकेको छैन । उनले विज्ञापनदाता शीर्ष अधिकारीहरुलाई कम्पनीबाट हटाउने, कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरेका छन् । सुधारको नाममा उनले गरेका विभिन्न निर्णयहरु आलोचित समेत भएका छन् । यही बीचमा ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटा कम्पनीको थ्रेड्स आएको छ । असन्तुष...
आजदेखि हवाई भाडामा कर लाग्ने, यस्तो छ व्यवस्था
अर्थ, प्रशासन, समाचार

आजदेखि हवाई भाडामा कर लाग्ने, यस्तो छ व्यवस्था

नेपालअखबार, काठमाडौं । सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो । सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सोमबारदेखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ ।...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
अर्थ, प्रशासन, समाचार, हाइलाइट-समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुन्छ ।...
बढ्यो किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य
अर्थ, कृषि, समाचार

बढ्यो किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य

नेपालअखबार, काठमाडौं । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो । नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो । तत्कालीन नेकपाका नेता घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनत...
११ महिनामा आधा अर्बको पानी निर्यात
अर्थ, समाचार

११ महिनामा आधा अर्बको पानी निर्यात

नेपालअखबार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै पानी छिमेकी मुलुक भारतमा ५४ करोड २३ लाख ६४ हजार रुपियाँ ८२ लाख ८२२ लिटर निर्यात भएको तथ्याङ्क छ । जर्मनी, जापान, युनाइटेड अरब, अस्ट्रेलिया, हङकङ, भुटानमा स्वदेशी पानी निर्यात भएको तथ्याङ्क छ । पछिल्लो समय नियमित रूपमा स्वदेशी उच्च गुणस्तरको पानी विभिन्न देशमा निर्यात हुने गरेको छ । नेपालबाट तीन प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ । सो अवधिमा मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन ...
वित्तीय क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा छ : अर्थमन्त्री महत
अर्थ, राजनीति, समाचार

वित्तीय क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा छ : अर्थमन्त्री महत

नेपालअखबार,  काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा रहेको बताएका छन् । आज नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुँदै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । उनले संघसंस्थाले सुविधा नपाएको गुनासो गरेर नबस्न समेत आग्रह गरेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले आफू स्वयम् नियमन गर्न सकेमा देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। महतले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ ।’ वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा मन्त्री डा। महतको जोड छ । यस्तै, ब्याजदर ल...